‘संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ‘

२०७८ मंसिर २० गते, सोमबार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्माले आफ्नो संगठनको राजनीतिक–रणनीतिक लक्ष्य वर्णव्यवस्थामा आधारित जातव्यवस्था उन्मुलन र दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको प्रष्ट पारेका छन । अध्यक्ष विश्वकर्माले गत कात्तिक २७, २८ र २९ गते कैलालीमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेलन बारे सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा प्रष्ट्याएका हुन् ।
अध्यक्ष विश्वकर्माले पाँचौ सम्मेलनमार्फत् ‘श्रमिक संगठन दलित मुक्ति मोर्चा’ बाट ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ नामाकरण गरेको बताउदै उत्पीडित श्रमिक समुदायको राजनीतिक र आर्थिक अधिकार प्राप्ति र जातमा आधारित सबैखाले विभेद र छुवाछुतको अन्त्य गर्न मोर्चा स्थापना भएको ठोकुवा गरेका छन । उनले सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेको बताउँदै नेपालको छुवाछुतसँग सम्बन्धित दलित विभेदको समस्याको बारेमा पाँचौ सम्मेलनमा नयाँ ढंगले विश्लेषण गरेको दावी गर्दै दलित शब्दको विकल्पमा श्रमिक संगठन दलित मुक्ति मोर्चाबाट ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ नामाकरण गरिएको समेत बताए । मोर्चाका नवनियुक्त अध्यक्ष विकले मोर्चाले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका अन्य कार्यहरु गर्ने पनि बताए।
अध्यक्ष विश्वकर्माले चौतर्फी नेतृत्व विकास र आर्थिक समृद्धिको लागि सामाजिक–साँस्कृतिक अन्तरघुलनका लागि व्यापक जनपरिचालन र जागरण अभियान संचालन गर्ने बताए। विकले सुदुरपश्चिमको कैलालीमा भएको पाँचौ सम्मेलनले ६१ संदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिए। उनले २०३० साल पछि दलित शब्द नामाकरण गरिएको भन्दै मानव जातिको विकाससँगै सामाजिक विकास क्रमसँगै बढ्ने पनि बताए। एउटा तहगत रुपमा सानो र ठुलो जातिगत विषय बनाएर पहिलेका शासकहरुले शासन गरेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए । उनले भारतमा निर्माण भएका दलित र नेपालका दलितमा भिन्नता भएको दावी गर्दै भने – ‘भारतको दलित छुट्टै तरिकाले निर्माण भएका हुन्, तर नेपालमा भएका दलित समुदाय छुट्टै नभएर नेवा लगायतहरु हुन् जो श्रममा आधारीत छन्।’ खस आर्यहरुको आफ्नै प्रकारको जाति विशेषता रहेको भन्दै श्रम गर्ने दलितलाई उत्पीडित बनाइएको उनले आरोप लगाए। आफ्नो पार्टीले अब छुट्टै समिति बनाएर यसलाई पहिचानको मुद्दा बनाउने पनि बताए। शासन सत्ता टिकाउनको लागि शारिरीक श्रम गर्ने दलितलाई धर्मको बलमा तल पारेर छुवाछुततिर ढालिएको उनले बताए।
अध्यक्ष विश्वकर्माले आन्दोलनबारे जानकारी दिँदै श्रमिक समुदाय नामाकरण गर्दा यो समुदायको कुनैपनि अधिकार कटौती हुन्छ भन्ने आंशका गरिएकोमा मोर्चा उत्पीडनविरुद्ध लड्ने र अधिकार कटौती नहुनेपनि स्पष्ट पारे। विगतको आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने उनको भनाई थियो। यो आन्दोलनलाई अन्य समुदायसँग पनि मिलेर अघि बढ््ने बताए। वैचारीक रुपमा रहेको यो शब्द हामी एक्लैले मात्र लडेर नसकिने सबैसँग मिलेर अघि बढ्ने, र पार्टी भित्रै पनि एउटा मोर्चा बनाउने पनि तयारी गरेको बताए। अब आफुहरुले नयाँ ढंगले आन्दोलनलाई माथि उठाउने सोचका साथ कदम चालेको पनि उनले बताए। ‘दलित र शुद्र पुरानो जमानामा ठिक भएपनि अबको समयको लागि उपयुक्त छैन् जसरी पनि दलितलाई हेर्ने दृष्टि परिवर्तन गर्न आवश्यक छ। उनले अब खुला बहस गरेर नयाँ अनुसन्धान गर्न पनि आफ्नो पार्टी तयार रहेको र वर्ण व्यवस्थामा आधारीत सभ्यतालाई परिवर्तन गरेर अब नयाँ सभ्यतामा जान पर्ने बताए ।
श्रमिक समुदाय मोर्चाको नवनिर्वाचित ६१ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष रामलाल विश्वकर्मा, उपाध्यक्ष जितेन्द्र महरा, महासचिव त्रिलोचन विश्वकर्मा, सचिवमा रामकुमार पासवान, कोषाध्यक्षमा जानकी बराह, सदस्यहरुमा टिकाराम नेपाली, गोपाल परियार, विर्खबहादुर बिक, पदम रसाइली, निशान बिक, बिक्रम नेपालीलगायत रहेका छन्।


उक्त पत्रकार सम्मेलनमा मोर्चाका महासचिव त्रिलोचन विकले प्रेस विज्ञप्ती पढेर पढेर सुनाएका थिए। जुन यस प्रकार रहेको छ – “मोर्चाको हालै सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनले लिएका ऐतिहासिक एवं दुरगामी महत्वका निर्णयहरुको पत्रकार सम्मेलन मार्फत औपचारिक घोषणा तथा जानकारी गर्ने उद्देश्यले यो प्रेस विज्ञप्ति जारी गरिएको छ । हाम्रो गौरवशाली सङ्गठन श्रमिक समुदाय मोर्चा, नेपालको पाँचौं राष्ट्रिय सम्मेलन यही २०७८ कार्तिक २७, २८ र २९ गते सुदूरपश्चिमको सुन्दर नगरी, ७ नम्बर प्रदेशको राजधानी तथा कैलाली जिल्लाको सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टीको महासचिव कमरेड विप्लवको प्रमुख आतिथ्यतामा, हजारौं जनताको उपस्थिति, विभिन्न झाँकी, बाजा, झण्डा–ब्यानर, राता ड्रेस सहितका सयौं स्वयंसेवक गनभेदी नारा सहित चौराहाबाट शुरुभई बजार परिक्रमा गरी खुल्ला मञ्चमा पुगेर एक भव्य समारोह बिच उद्घाटन सम्पन्न भयो । विभिन्न राजनीतिक पार्टीका उत्पीडित श्रमिक समुदायको भातृ सङ्गठन, नेकपा निकट विभिन्न भातृ सङ्गठन र नेकपाको केन्द्रीय एवं स्थानीय नेतृत्वको विशेष उपस्थिति रहेको सो उद्घाटन समारोहमा केही अतिथि वक्ताहरुले आफ्ना शुभकामना राख्नु भएको थियो, विभिन्न झाँकी प्रस्तुत गरिएको थियो र केन्द्रीय सामना र सेम.का स्थानीय कलाकारहरुले आफ्ना क्रान्तिकारी एवं रोचक प्रस्तुति राखेका थिए । मोर्चाको तत्कालीन केन्द्रीय अध्यक्ष डम्बर बहादुर बिश्वकर्माको अध्यक्षता, उपाध्यक्ष सिता बिश्वकर्माको स्वागत भाषण र महासचिव रामलाल बिश्वकर्माको सञ्चालन रहेको सो समारोहलाई प्रमुख अतिथि क. विप्लवले पाँचवटा मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो र केन्द्रीय जनपरिषद, नेपालका प्रमुख सन्तोष बुढामगरको शुभकामना मन्तव्य पछि प्रमुख अतिथिले सम्मेलन सफलताको शुभकामना दिदै जनतालाई सम्बोधन गर्नुभएको थियो ।
देशका ७७ वटा जिल्ला, प्रवास र नेकपा निकट विभिन्न जवस र शाखाबाट गरी करिव २५० जना प्रतिनिधि र स्वयंसेवकको उपस्थितिमा बन्दसत्र कार्तिक २८ र २९ गते धनगढीको उद्योग वाणिज्य संघको हलमा डम्बर बहादुर बिश्वकर्माको अध्यक्षता र सिता बिश्वकर्माको सञ्चालनमा सम्पन्न भयो । सो क्रममा अध्यक्ष डम्बर बहादुर बिश्वकर्माले प्रतिवेदन र महासचिव रामलाल बिश्वकर्माले विधान हलमा प्रस्तुत गरेपछि प्रमुख अतिथि क. विप्लवले प्रशिक्षण राख्नुभएको थियो । साथै, पार्टी केन्द्रीय सदस्य एवं कैलाली जिल्ला ईन्चार्ज क. ओम प्रकाश पुन र नेकपा केन्द्रीय दलित विभाग प्रमुख क. सन्तोषी बिश्वकर्माले प्रशिक्षण राख्नु भयो । यसैबिच मोर्चा केन्द्रीय सचिवालय सदस्य भोजपुरको त्रिलोचन बिश्वकर्माको आफ्नै घरेलु कारखानामा निर्मित खुकुरी तत्कालीन अध्यक्ष डम्बर बहादुर बिश्वकर्मा र त्रिलोचन बिश्वकर्माले संयुक्त रुपमा महासचिव क. विप्लवलाई उपहारस्वरुप प्रदान गर्नुभयो । लगत्तै, प्रतिनिधिहरुलाई छ वटा समूहमा विभाजन गरी प्रतिवेदन र विधान माथि व्यापक छलफल भयो र समूहका टिम लिडरहरुले समूहको निश्कर्ष सहितको रिपोर्ट राख्नु भयो । त्यसपछि सङ्गठनको नाम परिवर्तन गरी श्रमिक समुदाय मोर्चा, नेपाल राखी आवश्यक परिमार्जन सहित हलले एकमतले तालीबजाएर प्रतिवेदन र विधान पास गर्यो । तत्पश्चात पार्टी केन्द्रीय सदस्य एवं मोर्चा फ्रयाक्शन ईन्चार्ज क. शीतलले मोर्चा पुरानो केन्द्रीय समिति भङ्ग गरी पदम बिश्वकर्मा, डिल्ली नेपाली र जानकी बराह रहेको तीन सदस्सीय अध्यक्ष मण्डल गठन हलमा प्रस्ताव गर्नुभयो र हलले सर्वसम्मत पास गर्यो । मोर्चाबाट विदाई भई पार्टीको अन्य जिम्मेवारीमा जाने कमरेडहरुलाई अतिथिहरुबाट प्रशंसा–पत्र प्रदान गरेर विदाई गर्नुभयो । तत्पश्चात फ्रयाक्शन ईन्चार्ज क. शीतलले ६१ सदस्सीय नयाँ केन्द्रीय समितिको प्यानल प्रस्तुत गर्नुभयो जसलाई हलले सर्वसम्मत पास गर्यो । लगत्तै बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा रामलाल बिश्वकर्मा, उपाध्यक्ष – जितेन्द्र महरा, महासचिव – त्रिलोचन बिश्वकर्मा, सचिव – उमेश सिके, सचिव – रामकुमार पासवान र कोषाध्यक्ष – जानकी बराहलाई चयन गर्यो । दुई दिन चलेको बन्द–सत्रको विचबिचमा केन्द्रीय सामना कलाकारहरुले आफ्नो जोशिला र रोचक प्रस्तुति राखेका थिए । यसैबिच नवनिर्वाचित अध्यक्ष रामलाल बिश्वकर्मा र महासचिव त्रिलोचन बिश्वकर्माले संयुक्त रुपमा भोजपुरे खुकुरी बिदाई भएर जानुहुने तत्कालीन अध्यक्ष डम्बर बहादुर बिश्वकर्मालाई उपहार प्रदान गर्नुभयो । अन्त्यमा पार्टी केन्द्रीय सदस्य क. डबल बहादुर शाह र मोर्चा तत्काली केन्द्रीय सल्लाहकार क. ज्योतिलाल बिश्वकर्माले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई मन्तव्य मार्फत बधाई तथा कार्यसफलताको कामना गर्नु भएको थियो ।
नवनिर्वाचित ६१ सदस्सीय केन्द्रीय समितिको विवरण यसप्रकार रहेको छ । १. अध्यक्ष ः– रामलाल बिश्वकर्मा (दैलेख), २) उपाध्यक्ष ः– जितेन्द्र महरा (मोरङ), ३) महासचिव ः– त्रिलोचन बिश्वकर्मा (भोजपुर), ४) सचिव ः– उमेश सिके (कास्की), ५) सचिव ः– रामकुमार पासवान (सिराहा), ६) कोषाध्यक्ष ः–जानकी बराह (रुपन्देही), ७) सदस्यहरु ः– टिकाराम नेपाली (रोल्पा), ८) गोपाल परियार (काठमाण्डौ), ९) बिर्र्ख बहादुर बिक. (भक्तपुर), १०) पदम रसाईली (काठमाण्डौ), ११) निशान बिक. (पाल्पा), १२) बिक्रम नेपाली (ललितपुर), १३) रामप्रित हरिजन (नवलपरासी), १४) धर्म बिक. (चितवन), १५) राजेश बिक. (सिराहा), १६) प्रकाश बिशुंके (काभ्रे), १७) मधुसुदन राजबंशी (कैलाली), १८) बसन्त दमाई (डडेलधुरा), १९) हिम बहादुर नेपाली (ललितपुर), २०) सरोज बिक. (कालिकोट), २१) टिका बिक. (पर्बत), २२) दन्त परियार (डोल्पा), २३) राजेश परियार (काठमाण्डौ), २४) गोपी बिश्वकर्मा (झापा), २५) बिशाल सुनार (सोलुखुम्बु), २६) धर्बिन्द्र बिक. (जाजरकोट), २७) सुरज परियार (दाङ), २८) निर्मला बिक. (कालिकोट), २९) बिनु परियार (कैलाली), ३०) वीर बहादुर परियार (बाँके), ३१) कल्पना परियार (कञ्चनपुर), ३२) प्रकाश खाती (इलाम), ३३) श्याम सेन्चुरी (मकवानपुर), ३४) राम मग्राती (पाँचथर), ३५) जीवन लोहार (सुनसरी), ३६) चित्र गजमेर (ओखलढुङ्गा), ३७) रामकृष्ण सदा (उदयपुर), ३८) शरण बिक. (सर्लाली), ३९) धन बहादुर नेपाली (सिन्धुली), ४०) डम्बरसिंह बिक. (तनहु), ४१) कुमार परियार (तनहु), ४२) शरिता बराह (रुपन्देही), ४३) रण बहादुर बिक. (नवलपुर), ४४) बसन्त बिक. (गुल्मी), ४५) गोपीलाल सुनार (प्यूठान), ४६) गम्भीर बिक (पश्चिम रुकुम), ४७) प्रेम परियार (सल्यान), ४८) रामचन्द बिसी. (बर्दिया), ४९) रत्नलाल बिक. (मुगु), ५०) वीरसिंह बिक. (बाजुरा), ५१) पूर्ण बहादुर बिक. (रोल्पा), ५२) राम बहादुर रुचाल (म्याग्दी), ५३) नन्द तिरुवा –काठमाण्डौ), ५४) वर्षा नेपाली (नुवाकोट), ५५) श्याम दास (कपिलवस्तु), ५६) दिपेन्द्र बिक. (सम्तरी), ५७) श्याम नेपाली (दोलखा) । चार सदस्य पछि थपिने छ ।

सम्मेलनले नीति, नेतृत्व र आगामी लक्ष बारे निम्न निर्णयहरु लिएको छ ।
१) दलित शब्दको विकल्पमा सङ्गठनको नामाकरण “श्रमिक समुदाय मोचार्, नेपाल” गरिएको छ ।
२) यस सङ्गठनको राजनीतिक रणनीतिक लक्ष वर्णव्यवस्थामा आधारित जातव्यवस्था उन्मूलन र दलाल पूँजीवादी संसदीय व्यवस्थाको विकल्पमक वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको छ ।
३) यस मोर्चाको कार्यनीतिक लक्ष उत्पीडित श्रमिक समुदायको राजनीतिक र आर्थिक अधिकार प्राप्ति र जातमा आधारित सबैखाले विभेद र छुवाछूतको अन्त्य गर्नका लागि एकल तथा संयुक्त संघर्ष गर्ने ।
४) चौतर्फी नेतृत्व विकास, राजनीतिक र आर्थिक समृद्धिका साथै सामाजिक–सांस्कृतिक अन्तरघुलनका लागि व्यापक जनपरिचालन र जागरण अभियान सञ्चालन गर्ने ।
५) राष्ट्रियता, जनतन्त्र र जनजिविका लगायतका अन्य कार्यहरु गर्ने । “

प्रतिक्रियाहरु