विरोध प्रदर्शन गर्नेमाथि सेनाको गाडीद्वारा ठक्कर

२०७८ मंसिर २० गते, सोमबार

काठमाडौं । म्यानमारमा सैन्य शाशनको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सेनाको गाडी जोतीदा धेरै जना घाइते भएका छन् । सैन्य ‘कु’ को विरोधमा यांगुनमा लगातार प्रदर्शन गरिरहेकाहरुमाथि सेनाको ट्रक गुडाइएको हो । तिव्र गतिको सैनिक ट्रकले ठक्कर दिन थालेपछि प्रदर्शनकारीहरु तितरबितर भएका थिए । सो क्रममा कैयौं प्रदर्शनकारी घाइते भएको जनाइएकाे छ ।
ट्रकले ठक्कर दिएपछि सेनाले केहीमाथि गोली प्रहार गरेको तथा केहीलाई निर्घात कुटपिट गरेको बताइएको छ । प्रदर्शनको क्रममा ११ जनालाई पक्राउ गरिएको तथा तीन जना घाइते भएको सेनाको दावी छ । तर प्रत्यक्षदर्शीहरुले भने थुप्रै घाइते भएको बताएका छन् । म्यानमारमा गत फेब्रुअरीमा सैनिक ‘कु’ भएयता १२ सयभन्दा बढी प्रदर्शनकारी मारिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु