ज्वालमुखी बिस्फोट : १ जनाको मृत्यु, दर्जनौं घाइते

२०७८ मंसिर १९ गते, आईतवार


काठमाडौं । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । माउन्ट सिमेरुमा ज्वालामुखी बिस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो । ज्वलामुखी बिस्फोटपछि नजिकका गाउँ फोहर र टुटेफुटेका टुक्राले छोपिएको थियो भने भने सूर्यलाई धुवाँ र धुलोले ढाकेको थियो ।
ज्वालामुखी बिस्फोटमा ४१ जना घाइते भएको लुमाजाङ जिल्लाका उपप्रमुख इन्दह मस्दारले बताएकी छन् । घाइतेमध्ये केहीको शरीर जलेको छ । ज्वालमुखी बिस्फोटपछि घरमै फँसेका १० जनाको उद्दार भइरहेको छ । वरपरको वातावरण निकै भयभित देखिएको बताउँदै मस्दारले भनिन्, ‘चौतर्फी डरलाग्दो वातावरण छ । पीडितका परिवारमा रुवावासी चलेको छ । ’
इन्डोनेसियाको विपद् नियन्त्रण निकायले बिस्फोटमा घाइते भएका ३५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । कालो धुँवा र हल्का पानीका कारण उद्दार कार्य प्रभावित भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु