बाघ गणना सुरु

२०७८ मंसिर १९ गते, आईतवार


काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट बाघ गणना शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी चितवनमा छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुन्ज र बाहिरको क्षेत्र समेटेर ३ वटा कम्प्लेक्स बनाइृएकोछ । यो गणनामा बाघको संख्या २ सय ५० को हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ । पहिलो गणना १९९५ मा नेपालमा २१ बाघ रहेकोमा सन् २०१० मा बाघको संख्या १ सय ५० पुगेको थियो ।
गत चैतको गैडा गणनामा खटिएका गणकलाई हात्तीले आक्रमण गरि घाइते बनाएकाले यसपटकको प्राविधिकको सुरक्षामा बिशेष ध्यान दिइने भएको छ । असुरक्षित स्थानमा म्याम्प बनाउनै पर्ने अवस्था आए सेनासंगको सहकार्य र पर्याप्त हात्तीको प्रयोग गरिने राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार