पोखरामा साइड सिन बस सेवा : ६०० रुपैयामा दिनभरी घुम्न पाइने !

२०७८ मंसिर १९ गते, आईतवार


काठमाडौं । पोखरामा पर्यटनको लागि वनेरा साइड सिन बस चल्न थालेको छ । ६०० रुपैयामा दिनभरी पोखराको सबै ठाउँ घुम्न पाइने भएको छ । लामो समयसम्म कोरोना महामारीले अस्तव्यस्त पारेको पोखराको पर्यटन व्यवसायलाई यस साइड सिन बसले केहि राहत दिने भएको छ । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा घुम्न नयाँ प्याकेज ल्याइएको हो ।
पोखरा बसाइँ छोटो छ तर धेरै ठाउँ घुम्न चाहनेलाई होटलकै पर्यटक बोक्ने गाडी तथा महँगो शुल्क लिने भाडाको ट्याक्सीबाहेक अर्को कुनै उपाय छैन । तर पछिल्लो समय घोषित प्याकेजमा ८ घण्टामा पोखरा उपत्यकाको प्रमुख पर्यटकस्थलमा घुमाउने गरी बस सेवा संचालनमा आएको छ । उक्त साइड सिन बस हरेक दिन बिहान ८ बजे लेकसाइडको हल्लनचोकबाट सुरु भइ साँझ ५ बजे फिस्टेल गेटमा पर्यटकलाई छोडेर ८ घण्टाको घुमघाम सकिने छ । पर्यटकलाई सुरुमा हल्लनचोकबाट फिस्टेल गेट हुदै विन्ध्यवासिनी मन्दिर भ्रमण गराएर सराङकोट पुर्‍याइनेछ । त्यसपछि वेगनासताल पुर्‍याएपछि त्यहाँ पर्यटकले अवलोकन गरेपश्चात दिवा खाना खाने छन् । बेगनासपछिको गन्तव्य शान्ति स्तुपा, शिव मन्दिर, पातले छाँगो, गुप्तेश्वर गुफा, रातो पहिरोस्थित बन्जी जम्प रहनेछ ।
अन्त्यमा, फेवाताल सिरान पामे लगेर १ घण्टाको विश्रामपछि हल्लनचोक र फिस्टेल गेटमा पर्यटकलाई छोडेर ८ घण्टाको घुमघाम सकिने उनले बताए । चौबिस सिट क्षमताको २ बसका ठूला झ्यालबाट पर्यटकले वाह्य दृश्यको मजा लिन सक्ने छन् । बस टिकट इसेवाबाट समेत काट्न सकिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार