सीआईएद्वारा रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको दाबी

२०७८ मंसिर १८ गते, शनिबार


काठमाडौं । अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सीआईए) ले रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको दाबी गरेको छ । सीआईएका अनुसार उक्त कारबाहीमा रूसले करीब १ लाख ७५ हजार सैनिक सहभागी गराउने छ । बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन बाइडेन प्रशासनलाई दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको हो । रूसले नेटो र युक्रेनलाई बदनाम गराउन खोजिरहेको अमेरीकी अधिकारीहरूले आरोप लगाएका छन् । सीआईएका अनुसार रूसले फेक मिडिया आउटलेटको प्रयोग गरेर प्रचारबाजी पनि गरिरहेको छ ।
अमेरिकाले रुसले गर्नसक्ने सम्भावित आक्रमण रोक्ने बताएको छ । यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गर्ने चुनौतीपूर्ण काम हुने बताएका थिए । यता युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले रुससँग जोडिएको क्रिमियामा झण्डै १ लाख सैनिक तैनाथ गरिएको दाबी गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु