पर्यटकको आगमन बढ्दै

२०७८ मंसिर १६ गते, बिहीबार

काठमाडौं । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ। कोभिड महामारीपछि पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बोर्डले सार्वजनिक गरेको नोभेम्बर महिनाको तथ्यांक अनुसार एक महिनामा २६ हजार १३५ विदेशी नेपाल भित्रिएका हुन । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा नोभेम्बर महिनामा धेरै विदेशी नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा ८ हजार ८७४ विदेशी पर्यटक नेपाल आएउका थिए । जनवरीको तुलनामा नोभेम्बर महिनामा झन्डै १८ हजार बढी पर्यटन नेपाल आएका हुन । यस्तै, गत फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार, अप्रिलमा २२ हजार, मे मा एक हजार ४ सय, जुनमा १ हजार ११३ विदेशी नेपाल आएका थिए । यस्तैगरी, जुलाईमा २ हजार ९ सय, अग्रष्टमा ५ हजार ९ सय, सेप्टेम्बरमा ९ हजार ८ सय र अक्टोबरमा २३ हजार २ सय विदेशी नेपाल आएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार