कोरोनाको नयाँ भेरियन्टलाई अहिलेको खोपले रोक्न नसक्ने !

२०७८ मंसिर १३ गते, सोमबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ओमीक्रोन नामाकरण गरेको कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकी मुलुकलगायत अन्य मुलुकमा पनि फैलिएपछि कोरोना नियन्त्रण आइसकेका राष्ट्रका नागरिक त्रसित हुन थालेका छन् । कोरोनाविरुद्ध विश्वभर खोप अभियान जारी रहेकै बेला फेला परेको नयाँ भेरिएन्टलाई हालै बनेका खोपले समेत काम नगर्ने भएपछि वैज्ञानिकहरु चकित भएका छन् । यसअघि फेला परेका र अतिनै घातक भनिएका डेल्टा, बीटाको नयाँ वंश स्पाइक प्रोटिनमा ३० म्युटेसन रहने हुनाले यसले विश्वलाई भयग्रस्त बनाएको हो ।
दक्षिण अफ्रिकामा देखा परेको यो भाइरस दुई साताको अवधिमा चार गुनाले दु्रत गतिमा फैलिएकोे छ । दक्षिण अफ्रिमामा यही नोभेम्बरको मध्यमा गरिएको ७७ वटा नमुना परिक्षणमा यो भेरिएन्टको नयाँ बंश फेला परेको हो । यसअघि ५० म्युटेशन फेला परेकोमा हाल ३० स्पाइक प्रोटिन रहेको बैज्ञानिक अनुसन्धानबाट खुलेको छ । जबकी कोरोना विरुद्धको खोप स्पाइक प्रोटिनमा आधारित छ । यसले अहिले लगाइएको खोपको प्रभावकारितामा प्रश्न उठेको हो यही भेरिएन्टका कारण मानवीय क्षति व्यहोर्नु पहिले भेरिएन्ट पत्ता लागेको भन्दै दक्षिण अफ्रिकी मुलुक लगाएत अन्य राष्ट्र भने सन्तुष्ट देखिएका छन् । नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितहरुमा कुनै लक्षण विना एकअर्कामा दु्रत गतिमा फैलिन सक्ने हुनाले यो खतरापूर्ण रहेको भन्दै डब्ल्युएचओले सचेत गराएको छ ।
नयाँ भेरिएन्ट संक्रमितहरुमा ९० प्रतिशत कोरोना विरुद्धका खोप लगाएका व्यक्ति रहेका छन् । विश्वका खोप निर्माता कम्पनीहरु मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनालाई समेत चकित पार्ने गरी खोप लगाएका व्यक्तिहरुमा संक्रमण र्फैलिएपछी खोप निर्माता कम्पनीहरु पनि अन्योलमा छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु