अरुलाई देखेर किन धड्किन्छ मुटु ?

२०७८ मंसिर १२ गते, आईतवार


काठमाडौँ । बैज्ञानिकहरुले अरुलाई देखेर मुटु धड्किनुको कारण पत्ता लगाएका छन् । वैज्ञानिकहरुका अनुसार कसैलाई देखेर यदि तपाईँको मुटु जोडले धड्किन्छ, मुटुको चाल कम या ज्यादा हुन्छ, भने त्यसको जिम्मेवार मान्छे वा बस्तु हुँदैन । यो एउटा सन्देश हो । अक्सर हाम्रो मुटुलाई ज्यादा या कम धड्काउने काम एउटा ‘कोशिका’ले गर्दछ । जसलाई बैज्ञानिकहरुले भर्खरै पत्ता लगाएका छन् । यो कोशिकाको बारेमा अझ धेरै अध्ययन गर्ने हो भने मुटु सम्बन्धि धेरै रोगहरु ठीक पार्न सकिने वैज्ञानिकहरुको दावी छ । यो कोशिकाको नाम ग्लियल सेल्स हो । यो कोशिकाले एस्ट्रोसाइट्स नामको नर्व सेल्स अथवा तान्त्रिक कोशिकाको मद्दत गर्दछ । यो तान्त्रिक कोसीका दिमाग र स्पाइनल कर्ड मा हुन्छ । जसलाई नेक्सस ग्लिया भनिन्छ । ग्लियल सेल्स मुटुको बाहिर रगत वहाब गर्ने ठाउँमा हुन्छ ।
अध्ययनका क्रममा सबैभन्दा पहिला यो कोसीका माछामा पाइयो, त्यसपछि मुसा र मानिसमा पाइयो । ग्लियल सेल्सको खोजी सबैभन्दा पहिला जेब्राफिस भन्ने माछामा गरिएको थियो । त्यसपछि यसलाई मुसा र मान्छेको मुटुमा पनि खोजियो । जेब्राफिसमा अनुसन्धान गर्दा ग्लियल सेल्स निकालिएको थियो । त्यसले जेब्राफिसको मुटुको धड्कन बढी भएको थियो । अमेरिकाको इंडियाना युनिभर्सिटि अफ नाट्रेडमको जीव विज्ञान सम्बन्धि अनुसन्धानकर्ता कोडी स्मिथले भनेका छन् ‘ग्लियल सेल्सको बारे अझै अनुसन्धान भइरहेको छ तर यो सेल्स मुटुबाट हटाइयो भने मुटुको धड्कन झन बढ्ने र बिरामी समेत पर्न सकिन्छ ।’

स्मिथका अनुसार अब ग्लियल सेल्सकाबारे न्युरोबायोलोजिकल अध्ययन हुनेछ । जसकारण शरीरमा यो नहुँदा या खराब हुँदा हुने खतरालाई बुझ्न सकिन्छ ।– एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु