प्रिय युवा

कुमार क्षेत्री २०७८ मंसिर ९ गते, बिहीबार


आकाशमा कालो बादल बडारिएको यो बेला
धर्तिमा सामन्ती सत्ताले कत्लेआम गरेको बेला
तिमि मौन भएर खामोसमा बस्न कसरी सक्छौ
एउटै समाजमा रहेर मान्छेले मान्छेलाई
स्वार्थको कुरुपतामा बहेर
अनायासै मृत्युदण्डको सजाय दिने
दलाली कानुनको अधिनस्थमा कसरी बहिरो बस्न सक्छौ!

प्रिय युवा!
यो बेला कसैको दवाब र अधिनस्थमा रहने होइन
समयले रक्तकुण्ड खोजेको छ
बहानामा आशुले आँखा किनार रोजेको छ
लहरै लहर सोझ्याएर घाटि बधशालातिर महाभारतको एकांकी अब सुरु भएको छ
एककोश परबाट फेरि,
सिस्ने र जलजला हिमालको फेदीबाट
एका बिहानै कासन आएको छ
‘संसदिय व्यवस्थाका बद्नामीबाट
उसका हरेक घिनलाग्दा नियतबाट
दिपप्रज्वलित नौजवानहरु हो
तिमिले शासित भएर बस्नुहुँदैन
तिमिले दलाली सत्ताको अत्याचारलाई माथमा टेक्न दिनुहुदैन
जमाना बदलिएको छ
युग फेरिएको छ
इतिहास बल्झिएको छ
असत्यको हार भई
सत्यको जित भएको छ
यो बेला तिमि झुक्नु हुँदैन
छरपस्ट नौजवान युवाहरु छिट्टै संगठित हुनुपर्छ
विद्रोहको लावा बोकेर
क्रान्तिकारी धुन बजाएर
पुँजिवादी सामन्ती सत्ताका बिरुद्धमा
र भत्किने छन छिट्टै
एकलौटी सत्ताका ठुल्ठुला जन्जिरहरू
जित तिम्रै हुनेछ।’

प्रिय युवा!
अब,मनमा अपुर्तो दलाली सत्ताको डढेलो लाग्नुपर्छ
आफ्नै बसमा रहनुपर्छ तिमि
वाण जस्ता तिखा बद्नामी संसदिय सत्ताका नियत र हर्कतले
तिमि भित्र मुक्तियुद्धको कम्पायामान हुनुपर्छ
तिमिले रोक्नुपर्छ सामन्तवादको डढेलोको फिलिङ्गोहरुलाई
झन झन बाक्लो भएर आउँन सक्छन सामन्ती फिलिङ्गोहरु
हुनसक्छ तिमिप्रति उनिहरुको प्रत्येक उपेक्षित हेराई
हुनसक्छ तिमिप्रति उनिहरुमा चरम इर्श्या र डाहा
तर,तिमिले हारलाई स्विकार्नु हुदैन
ज्युँदै मृत्युलाई स्विकार्नु हुदैन
बाच्नुको लोभ रित्याएर
मन तात्तिएर झनझन विष्फोट हुनुपर्छ
तोप जस्तै पड्किन चाहने तिम्रा विद्रोहका बोलीहरुलाई
गलानेर भासिन दिनुहुदैन
मष्तिस्कमा हिरोसिमा नागासाकी नाच्न थालेको यो बेला
तिमिलाई घिसार्दै
तिमिलाई बगाउँदै
नशा नशामा उथलपुथल गर्दै
मन तिमिसँग अध्यारोबाट उज्यालोतिर हिँड्न थाल्दैछ
त्यो क्षेतिज परको उज्यालो देखेर
वर्गिय मुक्तिको नारा लगाउँदै गरेको
एकिकृत जनक्रान्तिको महाअभियान देखेर।

उठ उठ एँ नौजवान छिट्टै उठ
संसदिय व्यवस्थाको डाड भाँच्ने गरी उठ
अब अबेला नगरौ
जनक्रान्तिको त्यो महाअभियानको संग्राममा जुटौ
त्यसैमा छ भविष्य तिम्रो
त्यसैमा छ वर्गमुक्ति हाम्रो
र त्यसैमा छ बद्नामी संसदिय व्यवस्थाको अन्त्य
यो बेला पछि हट्ने होइन
यो बेला संयोगले जुराएको
इतिहासले मागेको
एक स्वागतार्थ बेला हो।

प्रिय युवा!
तिमिले राजा बनाउने सत्ता चाहनुहुन्न
रैति बनाउने भत्ता पनि चाहनुहुन्न
अँह चाहनुहुन्न,चिल्लो खासा लत्ता पनि
चाहनुपर्छ त केवल वर्गमुक्ति
जनताको जनशासन
र अल्पमतको कड्घेरामा अड्किएको दलाली सत्ताको अन्त्य।

प्रिय युवा!
अपुर्तो पुँजिवादी सत्ताका जालझेल र छलकपट
यसका लाजमर्दा नियत
र यसका रैतिहरुको पतन
तिमिले देखेका छौ
तिमिले पढेका छौ
तिमिले सुनेका छौं
यिनका अपराध र राष्ट्रद्रोह
जनता माथिको चरम दमन र अत्याचार
श्रमिक उत्पिडित वर्गमाथिको निकृष्ट दोहन
राष्ट्रमाथि थोपरिएको बर्बर लुट र दलाली
अब तिमिले भत्काउनु पर्छ
खरानी पार्नुपर्छ ख्वामितको संविधान
लुटहाको छाला चुहाएर टङ्ग्याउनुपर्छ म्युजियमका भित्तामा
र डढेलो लगाउनुपर्छ शोषणकारी महलहरुमा।

प्रिय युवा!
झुपडीको जनअाकांक्षाहरुको कत्लेआम गरी
जुन दिन पुँजिवादी सत्ताले लुट्न सुरु गर्यो
त्यसैदिन देखि खाडी पलाएन भयौ तिमि
त्यसैदिन देखि तिम्रो सहअस्तित्वमाथि राज गर्यो
लुटुवा सत्ता र उसका अनुयायीहरूले
र त्यसै दिनदेखि गरिव भयो देश।

प्रिय युवा!
राष्ट्रिय स्वाधीनता र वर्गिय मुक्तिको आन्दोलनमा
हासिखुसि छोरालाई पठाएकी एक वृद्ध आमाको
यो राष्ट्रप्रतिको
यो जनताप्रतिको अटल र अकम्पित भरोसा
आज कहिल्यै नफर्किने गरी मरेर गएको छ
आज कहिल्यै नफर्किने गरी हराएर गएको छ
हो,त्यसैदिन रिक्त भएको थियो
श्रीमानको सहादतले पनि नडगमगाएकी
सहिद परिवारकी विधवाको हृदय
सामन्ति सत्ता र त्यसका मतियारले गरेका ब्रहमलुटले
हर्षोल्लासमा रमाएका गरिव दिनदुःखीहरुको
यो राष्ट्रप्रतिको
यो जनताप्रतिको आशातित हौसला
त्यसैदिन ब्रजप्रहार भएको थियो।

त्यसैले त हेर
आज सोध्नुपरिरहेको छ
के आज पनि तिमि महसुस गर्ने आट गर्दैनौ?
के आज पनि तिमि बुझ्ने प्रयास गर्दैनौ?
हिजो तिम्रो क्रान्तिकारी विचारको
चर्को सम्मान गरेर आशावादी बनिरहेका
उत्पिडित श्रमजीवी जनताको आखामा
यतिबेला कति मडारिएको होला
तिमिप्रतिको चरम आक्रोश र घृणाको ज्वाला
कसरी के बितेका होलान उनिहरुका मनमा
यतिबेला तिमिप्रतिका पिरोलिएका भावनाहरू?

त्यसैले त हेर
फेरि,आज भन्नुपरिरहेको छ
शोषक सामन्त जाली फटाहाहरुको
भोक चयन र निन्द्रा बिथोल्ने
विष्फोटक तिमि बन्नुपर्छ
उत्पिडिन र अत्याचारको जातोमा पिसिएका
बहुसंख्यक युवाहरुको निम्ति
वर्गिय मुक्तिको उदय र एकिकृत जनक्रान्तिको सपना
तिम्रा प्रत्येक नसा नसाहरुमा
तिम्रा प्रत्येक चाहनाहरु मा
दिपप्रज्वलित बनेर आउनुपर्छ।

प्रिय युवा!
श्रमजिवी उत्पिडित वर्गको हेराईमा आज पनि
क्रान्तिकारीहरुको बुझाइमा आज पनि
सिङ्गो राष्ट्र र जनतामाथि हैकम जमाएको
क्रुरताको भारी बोकेको पुँजिवादी सामन्ती सत्ताको जरो ऊखेल्ने
एकमात्र अमुल्य शक्ति हौ तिमी
गाउँ बस्तिका दलाली भ्रष्टहरुको भ्रमलाई निस्तेज पार्ने
क्रान्तिकारी आवाजलाई श्रेयस्कर सम्झने
सर्वहारा वर्गको परिवर्तनकारी चेतनाको
प्रशंसनीय उदय हौ तिमि
हजारौ लाखौ परिवर्तनहरुको विजय बोकेका
उदाहरणिय रक्तबीज हौ तिमी
भोका नाङ्गा र निमुखाहरुको निम्ति
अल्पसंख्यक बेरोजगार युवाको निम्ति
आज पनि
स्वर्णिम जिवनको किरण हौ तिमि
शासकहरूले ललकार गर्ने छैनन्
तिम्रो विद्रोहको सामर्थ्यलाई
अहँ फिका हुने छैनन्
तिम्रा आमुल परिवर्तनका विचार र उदेश्य।

प्रिय युवा!
तिमिले युवा अधिकारको लागि
तिमिले जनअधिकारको लागि
यो स्वतन्त्रताको लागि
फेरि, एकपटक बोल्नैपर्छ
फेरि, एकपटक मुक्ति युद्ध लड्नैपर्छ,
जे छ तिमिसँग त्यहि लिएर उठ्नुपर्छ
सामन्ति सत्ताको बिरुद्धमा
कलम हातमा हुनेहरुले लेख्नुपर्छ
सामन्ति सत्ताका कत्लेआम शोषण र अत्याचारका बखान
बाजा हातमा हुनेहरुले बजानुपर्छ
पुँजिवादी सामन्ती सत्ताका बिरुद्धमा
क्रान्ति र विरहका धुनहरु
गित संगीत रच्नेहरुले रच्नुपर्छ
जाली फटाहा सत्ता बिरुद्धका गितहरु
र उठ्नुपर्छ जर्याकजुरुक एकसाथ
विद्रोहको लावा बोकेर
हिमाल पहाड र तराईका कुनाकाप्चाबाट
ताकि ढल्न सकोस शोसणकारी बर्जुवा सत्ता
कहिल्यै नउठ्ने गरी
कहिल्यै निको नहुने गरी।

संसदिय सत्ता र त्यसका रैतिहरुले
श्रमजिवी उत्पिडित जनता माथि
मजदुर किसान वर्ग माथि
उस्तै गरी बजारिरहेका छन
लुट, दलाली, महङ्गी र कालोबजारी
र एकलौटी शासकहरुका निर्दयी बुटहरु
उस्तै गरी बजारिरहेका छन
युवा वर्गका दैनिकी माथि
अधिनायकवादी सत्ताका चरम यातनाका लाठीहरु
क्रुरतापूर्वक बजारिरहेका छन्
जनजिवनका आकाङ्क्षामाथि।

पश्चगामी, संसोधनवादी प्रतिक्रियावादी तत्वहरु
दलाली,लुटेरा भ्रष्ट्राचारी सुद्खोर
अत्याचारी दमनकारी शोषकहरुका संरक्षक
यिनि सबैले लुटेका छन् तिमिलाई
यिनि सबैले दलाली गरेका छन् तिमिलाई
र रौनक ल्याएका छन्
आफ्नो कुरुप सामन्ती अभिजातिय स्वरुपमा

प्रिय युवा!
तिमिले सपना देख्नुपर्छ
तिमिले रहरहरु बोक्नुपर्छ
अँह, पात्र बन्ने सपना देख्ने होइन
होइन, पात्र बन्ने रहरहरु बोक्ने
तिमिले समाज बनाउने सपना देख्नुपर्छ
तिमिले राष्ट्र बनाउने रहर बोक्नुपर्छ
र देख्नुपर्छ वर्गमुक्तिको सपना
बोक्नुपर्छ राष्ट्र स्वतन्त्रताको रहर।

तिमिहरुका स-साना रहरहरुले
स- साना तिमिहरुका सपनाहरुले
भ्रष्टाचारी, कालोबजारी,दलाली र लुटेराको सास्तिबाट
भक्कानिरहेको तिम्रो समाजले
शासित उत्पिडित जनसमुदायले
मुक्तिको आभास गर्न पाउदैनन्
न त फेर्न पाउछन शान्ति स्थायित्वको श्वास।

छाउने झुपडीलाई महल बनाउने
दु:खि परिवारलाई सुखि बनाउने
महलभरी बगैंचा बनाउने
परिवारभरी हर्षोल्लास ल्याउने
बेरोजगार युवाहरुले
स्वदेशमै रोजगारी गर्ने
तिम्रा सपनाहरु
तिम्रा रहरहरु
पुरा हुन सक्दैनन
यो सामन्ति पुँजिवादमा ।

त्यसैले त हेर,
तिमिले अब, देख्नुपर्छ
ठुल्ठुला सपनाहरु
तिमिले अब, बोक्नुपर्छ
ठुल्ठुला रहरहरु..!

प्रिय युवा!
गोलीको छर्रा छातिमा बोक्दै
पानीको छिटो नपाएर मुक्ति आन्दोलनमा
सहादत गरेका ति महान सहिदहरुले
पिउन नपाएका पानीका मुहान भरी
तिमिले रगतको आहालको सपना देख्नुपर्छ,
अोढ्न नपाएका कात्रोभरी
तिमिले बारुद बेरेको सपना देख्नुपर्छ
सामन्ती पुँजिवादका अनुयायीहरूको
महलभरी तिमीले बम रोपेको सपना देख्नुपर्छ।
वर्ग संघर्षको सपना
क्रान्ति र विरहका सपना
अब ,तिमिले देख्नुपर्छ,
साम्राज्यवाद र पुँजिवादको भारी बोकिरहेको
बद्नामी संसदिय सत्ता तिम्रो पैतलामा
फनफनि नाचेको सपना देख्नुपर्छ
अपुर्तो संसदिय व्यवस्थाका रैतिहरु
तिम्रो विद्रोहको बोलीदेखी थर थर काप्दै
तिम्रो पैतलामा मृत्युको भिक मागेको सपना देख्नुपर्छ।

प्रिय युवा!
तिमिले मुक्ति योद्धा बनेर काँधमा
सामन्ति पुँजिवादी सत्ताको खरानी पार्न
त्यसका संरक्षकहरुको कत्लेआम गर्न
एलएमजी एट्टिवान र निधारमा
रातो कफन बाधेर अत्याचारी सत्ताको बिरुद्धमा
फेरि,अन्तिम युद्ध छेडेको सपना देख्नुपर्छ,
देख्नुपर्छ,तिमिले चे बनेको सपना
देख्नुपर्छ, तिमिले होचिमिन्ह बनेको सपना ।

प्रिय युवा!
मर्नु दिनुहुदैन सपनाहरु
ज्वालामुखी बोकेर आउनुपर्छ
निभ्न दिनु हुदैन रहरहरु
सुनामी बोकेर आउनुपर्छ
डुब्न दिनु हुदैन सपनाहरु
तुफान बोकेर आउनुपर्छ
गल्न दिनुहुदैन रहरहरु
आधि बोकेर आउनुपर्छ।

प्रिय युवा!
बाहिर जनवादको हुर्मत दिने
भित्र धनवादको खेल खेल्ने
यहि हो सिहदरवारको इतिहास
यहि हो सिहदरवारको नियति,
यहाँ देश बेच्ने,छोरी बेच्ने
नदिनाला बेच्ने,युवा बेच्ने
भएजतिका सबै जायजेथा बेच्ने
खेल चल्छ उहिलेदेखि अहिलेसम्म,
यसले कालापानी बेच्यो
यसले महाकाली बेच्यो
यसले टनकपुर बेच्यो
यसले लिपुलेक बेच्यो
र,बेच्यो यसले लिम्पियाधुरा!

त्यसैले त हेर,
तिमिलाई पुनः भन्नुपरिरहेको छ
के कालापानी नेपाल होइन?
के महाकाली नेपाल होइन?
के टनकपुर नेपाल होइन?
के लिपुलेक नेपाल होइन?
के होइन लिम्पियाधुरा नेपाल?
हो यहाँ रातारात देश सौदाबाजी गर्ने बढबढामा
कुर्सि साटासाट गरिन्छ
कहिले खुलमटार त
कहिले बालुवाटार चक्कर लगाईन्छ
र,देश घुईयामा बेचिन्छ।

प्रिय युवा!
गाईलाई माता बनाएर
आमा सती पठाउने
यो मनुवादमा तिम्रो भविष्य छैन
न त छ यो राष्ट्र जनताको भविष्य,
यो मनुवादका बिरुद्ध
तिमिले विद्रोह गर्नुपर्छ
तिमिले हतियार उठाउनुपर्छ
जसले विद्रोह गर्छ
जसले हतियार उठाउँछ
यो मनुवादका बिरुद्धमा
उ शासित भएर बस्नुपर्दैन
जसले विद्रोह गर्दैन
जसले हतियार उठाउदै
यो मनुवादका बिरुद्ध
उ मनुवादको दासताको दाम्लोमा बाँधिन्छ,
यहि हो हकिगत
यहि हो साक्षी इतिहास।

यो ख्वामितको संविधानमा
यो कसाईको सिहदरवारमा
नि: शस्त्र सत्ता विहिन भुइँमान्छेको
श्रमजीवि उत्पिडित युवाहरुको
बहस हुदैन्
अँह हुदैन, उनिहरुको मुक्तिको बहस
हुन्छ त केवल
जनता लुट्ने बहस
देश बेच्ने बहस।

प्रिय युवा!
यो जनविरोधी सामन्ती सत्ताको बिरुद्धमा
तिमिले अक्टोबर क्रान्तिका बारुद बनेर
तिमिले फ्रान्सेली क्रान्तिका बाहक बनेर
र,एकिकृत जनक्रान्तिका एम्बुस बनेर
फेरि,उठ्नुपर्छ एकसाथ
पड्किनुपर्छ लुटाहाका प्रतिक्षालयहरुमा
अभिजातिय चिल्ला महलहरुमा।

प्रिय युवा!
समाजवाद नल्याएसम्म जारी राख्नुपर्छ
सभ्य समाज निर्माण गर्ने हाम्रो वर्गसंघर्षको यात्रा
र एक न एक दिन किन नहो जरुर पुरा हुनेछ
हाम्रो सभ्य समाज निर्माण गर्ने
दिर्ध शान्ति समृद्ध मुलुक बनाउने
समाजवादको यात्रा
एकिकृत जनक्रान्तिको यात्रा।
तिमिले अवश्य चुम्ने छौ
त्यो गन्तव्यको शिखर
तिमि अकाट्य कायम गर्नेछौ जनताको जनशासन
तिमि अकाट्य ल्याउने छौ जनताको जनअधिकार
तिमि नै बसाल्ने छौ नयाँ जगमा नयाँ नेपालको शिला
स्थापित गर्ने छौ तिमि नै वैज्ञानिक समाजवाद
र,यो सामन्ति पुँजिवादी सत्ता तिम्रो पैतलामा घिड्घिडाउदै
जब अन्तिम श्वास लिईरहेको हुनेछ
तब हामी महान बिजयको उत्सब मनाईरहेका हुनेछौ।
लेखक : युवा संगठन नेपाल,अछामका सचिव हुन् ।

प्रतिक्रियाहरु