६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०७८ मंसिर ८ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकरी)सहित ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही , अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन दिएको बताइएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो । पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु