विद्यार्थीलाई अष्ट्रेलिया र जापानको भीसा खुला

२०७८ मंसिर ८ गते, बुधबार

काठमाडौं । जापान र अष्ट्रेलियाले अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि प्रवेशाज्ञा (भीसा) खुल्ने भएको छ । कोरोना महामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो । अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु