एप्पल र अमेजनमाथि २२.५ करोड अमेरिकी डलर जरिवाना !

२०७८ मंसिर ८ गते, बुधबार


काठमाडौँ । इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २२ दशमलब ५ करोड अमेरिकी डलर जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकृत रूपमा विक्री गर्ने बिक्रेतालाई उक्त जरिबाना गरेको हो । इटालियाली संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो । एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न समेत रोकेको छ । इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु