नेकपानिकट जनबर्गिय संगठनद्वारा आयल निगम घेराउ

२०७८ मंसिर ६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिका प्रसाद कँडेल, जनगणतान्त्रीक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका अध्यक्ष व्यापक नेपाली, जनपत्रकार संगठन नेपालका संयोजक शेर वहादुर विश्वकर्मा, राज्य द्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका संयोजक राम वहादुर थापा,अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापा,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन,र राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण वस्नेतले मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै नेपाल आयाल निगमको ध्यानाकर्षण गराएका छन् । आज आयल निगमको कार्यालयमा घेराउ गर्दै उनीहरुले सो ध्यानाकर्षण पत्र बुझाएका हुन । उनीहरुले ध्यानाकर्षण पत्रमार्फत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न मागसमेत गरेका छन् ।
साथै उनीहरुले पेट्रोलिय पदार्थमा एकतर्फी रुपमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे जस्तासुकै आन्दोलनका कार्यक्रम गर्नपनि पछि नपर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु