कम्युनिस्ट आवरणका नेताहरुबाट जनताको सम्पत्तिमाथि लुट

२०७८ मंसिर ६ गते, सोमबार

हस्तबहादुर केसी

“जनताको एक टुक्रा धागो र सियोसमेत नलेऊ ।” – माओ त्सेतुङ

कसैले माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने, कसैले माओ त्सेतुङ विचारधारा मान्ने नेपालका कम्युनिस्ट पार्टीका नेताहरुबाट कमरेड माओको माथि उल्लेखित “जनताको एक टुक्रा धागो र सियो समेत नलेऊ” उर्दी र शिक्षालाई समेत लत्याउँदै नेपाली जनताको सम्पत्तिमाथि लुट मच्चाउदै आएका छन् । उदाहरण कै रुपमा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आौषधिउपचार स्वदेशमै नगरेर विदेशमा जाँदा नेपाल सरकारबाट १७ करोडभन्दा बढी नेपाली जनताको सम्पत्तिमाथि ब्रह्मलुट गरेका उदाहरणहरु बग्रेल्ती छन् । त्यस्तै नेकपा (एमाले) भूपू अध्यक्ष तथा वर्तमान नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले केही महिना पहिले मात्र नेपाल मै मृगौला प्रत्यारोपण नगरेर भारतमा जाने क्रममा नेपाल सरकारबाट ८१ लाख रुपैयाँ लिएको समाचार बग्रेल्ती छन् । त्यस्तै, कम्युनिस्ट आवरणका नेताहरुले हाइड्रोपावरहरुमा करोडौंको रकम सेयर हाल्दै आएका छन् । यी कम्युनिस्ट आवरणका नेता रहरले नै कम्युनिस्ट नेताहरु पुष्पलाल, मनमोहन अधिकारी, मदनकुमार भण्डारीलगायत नेताका नाममा निजी स्कुल, कलेज र निजी अस्पतालहरु खोलेर करोडौंको रकम सेयर लगानी गर्दै आएका छन् । साथै निजी स्कुलहरु, बोर्डिङ स्कुलहरु, निजी कलेजहरु, निजी विश्व विद्यालयहरुमा करोडौंको रकम सेयर हाल्दै आएका ठूलो निजी कलेजहरु र निजी निजी विश्व विद्यालयहरुमा सेयर लगानी नगरेको व्यक्ति पार्टीको केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य, स्थायी समेत सदस्य तथा अध्यक्ष र महासचिव नै बन्नै सक्तैनन् । निजी मेडिकल कलेजहरु, निजी अस्पतालहरु र औषधि पसलहरुमा पनि यिनै कम्युनिस्ट आवरणका नेताहरुले निजी रुपमा करोडौंको रकम सेयर हाल्दै आएका छझ ।

राजधानी काठमाडौँ उपत्यका लगायत देशका ठूला शहरमा सञ्चालन गरिएका भाटभटेनी पसल ( डिपार्टमेन्ट) हरुमा यिनै कम्युनिस्ट आवरणका नेताहरुले अरबौं रकम सेयर लगानी गरेका समाचारहरु बग्रेल्ती छन् । त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा सञ्चालन गरिएका द्यष्न ःबचत पसल (डिपार्टमेन्ट स्टोर) हरुमा पनि यिनै कम्युनिस्ट आवरणका नेताहरुको करोडौंको सेयर लगानी हुँदै आएका समाचारहरु बग्रेल्ती छन् । कम्युनिस्ट आवरणका नेताहरुले २०४७ देखि यता हालसम्म पार्टीको आडमा खास गरी माननीय, सासद, सभाषद, मन्त्री, प्रधानमन्त्री बनेको बेला, राज्यका विविध क्षेत्रमा राजनीतिक नियुक्ति पाएको बेला जनताको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउँदै अकुत सम्पत्ति कुम्ल्याउने गरेको, पहुँच र शक्तिको आडमा करोडौंको, अरबौंको जनताको ढुकुटीमाथि व्यापक भ्रष्टाचार गरेर करोडौं, अरबौंको रकम कुम्ल्याउने गरेको कार्यबाट जम्मा गरेको रकम माथि उल्लेखित स्थानहरुमा सेयर लगानी र अन्य क्षेत्रमा लगानी गर्दै आएका समाचारहरु बग्रेल्ती छन् ।

यिनै कम्युनिस्ट आवरणका नेताहरुले पार्टी र सरकार, सत्तामा रहेर शक्ति र पहुँचका आधारमा जनताको सम्पत्तिमाथि कब्जा गरेको रकमबाट राजधानी काठमाडौँ उपत्यका लगायत देशका ठूला शहरमा आलिसान महल महल खडा गर्ने र महँगा घरघडेरीहरु खरिदबिक्री गर्ने, ज्यादै महँगा गाडी किन्न र त्यसैमा सवार गर्ने गरेका छन् । अहिले ७ वटै प्रदेश सरकारका मन्त्रीहरु, सभाषदहरु, स्थानीय निकायहरु (महानगर पालिका, उप नगर पालिका र नगर पालिकाहरु र गाउँ पालिकाका जनप्रतिनिधिहरुले पनि करोडौंको, अरबौंको जनताको सम्पत्तिमाथि ब्रह्मलुट गरेर निजी सम्पत्ति थुपार्ने, महँगा गाडीहरु किन्ने गरेको, व्यापक रुपमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको र विलासी जीवन विताइरहेका छन् । यसका साथै काठमाडौँ उपत्यका भित्रका ५ तारे तथा ठूला होटलहरु देशका ठूला शहरमा सञ्चालन गरिएका ठूला साना होटलहरुमा केन्द्रदेखि स्थानीय स्तरका नेताहरुले सेयर लगानी गर्दै आएका छन् । यो रकम पनि जनता कै सम्पत्तिमाथि लुट मारेर हो । यसका अतिरिक्त कम्युनिस्ट आवरणका नेताहरु स्वीस बैंकलगायत विदेशी बैंकहरुमा अरबौं रकम जम्मा गरेका समाचारहरु छताछुल्ल भए कै छन् । पूर्वपञ्चहरु, दरवारियाहरु, काँग्रेसहरुलाई समेत उछिनेर जनताको सम्पत्तिमा ब्रह्मलुट मच्चाउँदै गरेको भ्रष्टाचारबाट जम्मा गरेको जनताको र पार्टी र सत्ताको आड र शक्तिको पहुँचको आधारमा जम्मा गरेको अरबौंको “कालो धन” अवैध धनलाई “सेतो धन” बनाउने उद्दश्यले अहिले कम्युनिस्ट आवरणका कम्युनिस्ट पार्टीहरु समेतको गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाल काँग्रेसको देउवा नेतृत्वको दलाल सरकारले आगामी २०८१ सालमा विभिन्न क्षेत्रमा (मूलतः हाइड्रोपावर र उद्योग धन्दाहरु) लगानी गर्दा श्रोत देखाउनु नपर्ने गरी वार्षिक बजेटमा नै समावेश गरेर संसदबाट पारित गरेर कानुनसमेत बनाइसकेको छ । कम्युनिस्ट आवरणका नेताहरुले यसरी पार्टी र सत्ताको आडमा जम्मा गरेको कालो तथा अवैध धन सेतो र वैद्य बनाउने उद्देश्यले नेपाली जनतालाई उल्लु बनाइरहेका छन् । यिनै कम्युनिस्ट आवरणका नेताहरले घर जग्गाको दलालीको काम गर्ने र जनताको जमिनलाई प्लटिङ्गग गरेर महँगोमा विक्री गर्ने भूमाफिया पनि यिनै कम्युनिस्ट आवरणकै नेताहरु संलग्न हुँदै आएका छन् । आफैँँ संलग्न भएर र आफ्ना छोराछोरी वा परिवारका अन्य सदस्यहरुलाई ठेक्कापट्टाको काम लगाएर अकुत सम्पत्ति कमाउने कुकार्य गर्दै आएका छन् ।

यसका अतिरिक्त सत्तामा रहेका बेला कम्युनिस्ट आवरणका नेताहरुले आफ्नो घरपरिवार, श्रीमती, छोराछोरी, बुहारी र नजिकका नातेदारहरु सबैलाई सरकारको सुविधामा राख्ने, मन्त्री, सभाषद, मेयर, उपमेयर र पालिकाहरुका अध्यक्ष, उपाध्यक्षहरुसमेत आफ्नै परविारका सदस्यहरुलाई बनाउने र पिए पनि आफ्नै परिवारका व्यक्तिहरु राखेर राष्ट्रको सम्पत्ति आफ्नै परिवार भित्र केन्द्रीकृत गर्ने कार्य गर्दै आएका छन् । यी भ्रष्ट र कम्युनिस्ट आवरणका पार्टी, उनीहरूको सरकार र नेताहरुको विरोध गर्ने, विशेषतः अन्य सरकारी तथा गैरसरकारी महाभ्रष्टहरुको विरोध गर्ने सच्चा तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी र तिनका नेता, कार्यकर्ताहरुलाई धरपकड गर्ने, गैरकानुनी रुपले गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने, यातना दिने, जेल हाल्ने, हत्या गर्ने, पार्टीमाथि नै प्रतिबन्ध लगाउने काम गर्दै आएका छन् । सरकारी कर छली गर्ने एनसेल र अन्य भ्रष्टाचारीहरुको कडा रुपमा विरोध गरेको आरोपमा माके र एमालेको केपी ओलीको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई २–२ वर्षसम्म प्रतिबन्ध लगायो र फासीवादी दमन चलाएर हजारौं नेता, कार्यकर्ताहरुलाई विनाकारण झुट्टा मुद्दा खडा गर्ने, गैरकानुनी रुपले अन्धाधुन्ध रुपले धरपकड गर्ने, २–२ वर्षिमसम्म गैरकानुनी रुपले जेल चलान गर्ने, सर्वोच्च अदालतले रिहाइको आदेश दिइसके पछि पनि पुनः गिरफ्तार गर्ने, जेल चलानका निहुँमा देशैभरि घुमाउने, ज्यादै अमानवीय ढंगले दुख दिने, हत्या समेत गरेका परिघटनाहरु ताजै छन् । त्यस्तै यी कम्युनिस्ट आवरणका नेता, उनीहरूको पार्टी र तिनीहरूको दलाल तथा जनघात एवम् राष्ट्रघाती सरकारको विरोध गरेबापत नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने, जेल हाल्ने समेतको फासीवादी कदम चालेको धेरै वासी भएको छैन । त्यस्तै अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमाथि पनि यस्तै दमनकारी नीति अप्नाइएको थियो । एउटा विडम्बना के छ भने यिनै कम्युनिस्ट आवरणका भ्रष्ट नेताहरु स्वयंले आपूmहरु मात्र सच्चा कम्युनिस्ट भएको र आफ्नो पार्टी मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी भनिरहेका छन् र समाजवाद ल्याउने ठूलो स्वरले कुर्लिरहेका छन् र नेपाली जनताका बीचमा ठूलो भ्रमको खेती गरिरहेका छन् र नेपाली जनतामा पनि यिनै कम्युनिस्ट आवरणवाला नै कम्युनिस्ट भएको ठूलो भ्रम छ ।

हालका नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत कम्युनिस्ट सिद्धान्त अर्थात् मालेमावादी दर्शन, कम्युनिस्ट आदर्श, आचरणमा नभएर प्रतिक्रियावादी बुर्जुवा वर्गमा पतन भइसकेका हुनाले यिनीहरू ठग कम्युनिस्टहरू हुन् । जनतालाई झुक्याएर, भ्रममा पारेर आफ्नो निहित स्वार्थपूर्तिमा लागेका चरम अवसरवादी हुन् । त्यसो भएर यी ठग कम्युनिस्टहरु हुन्, नेपाली जनताले नेपाली कम्युनिस्ट आन्दोलन भित्रका “कोरोना भाइरस” हरुलाई नेपाली जनताले बेलैमा चिन्न जरुरी छ ।

(केसी वरिष्ठ माक्र्सवादी लेखक हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु