राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान

२०७८ मंसिर ४ गते, शनिबार

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि विज्ञापन निकालेको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार उक्त विज्ञापन प्रकाशित गर्दै राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले एक हप्ताभित्र दरखास्त दिन सक्नेछन् । योग्य उम्मेदवारहरुमध्ये उत्कृष्टताका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव पदमा नियुक्ति गरिने जनाइएको छ । गत कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल बर्खास्तीमा परेपछि उक्त पद रिक्त रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु