कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

२०७८ मंसिर ४ गते, शनिबार


काठमाडौँ । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेककाे बीबीसीले जनाएको छ । बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रबार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो ।
राष्ट्रपति बाइडेनको ७९औं जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो। अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गरेकी छन् । ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन् । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएकी छन् । अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने बाइडन हालसम्म सबैभन्दा ज्येष्ठ नागरिक रहेको बताइएको छ । बाइडेनको सन् २०१९ को डिसेम्बरमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु