नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउने

२०७८ मंसिर ३ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुनर्गठन दिवस भब्यरुपले मनाउने तयारी गरेको छ। सो पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई पार्टी पुनर्गठन दिवस भब्यरुपले मनाउन निर्देशन जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय निर्देशन अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ देखि ८ गतेसम्म केन्द्रदेखि स्थानीय स्तर र घरघरसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । जस अन्तर्गत मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली , ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप : कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिनेछ भने मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवामार्चक साथै साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइनेछ ।

प्रतिक्रियाहरु