बैज्ञानिक समाजवाद हिमालको स्वच्छ जल , दलाल संसदवाद सहरको दुर्गन्धित ढल

२०७८ कार्तिक १६ गते, मंगलवार
दयाराम लुवार

अहिले नेपाल राजनीतिक, सामाजिक, आर्थिक, सास्कृतिक रुपमा अत्यन्त संकट पुर्ण तरिकाले गुज्रिरहेकोछ । देशमा वैदेशिक हस्तक्षेपले दिन प्रतिदिन सिमाना नाघ्दैछ । भारतले सिमानाका पिल्लर दिन प्रतीदिन नेपाल तिर सार्दैछ । सिमानाका नेपाली नागरिकहरु भारतिय SSB को सिकार भयर एक पछि अर्को मारिदैछन, आफ्नो बालिनाली, जमिन र जिउ ज्यानको सुरक्षा छैन । नेपाली सेनाको शैक्षिक ब्यारेक माथी हप्ता दिन सम्म बिना अनुमती भारतिय हवाइ गस्ती हुन्छ तर राज्यले उचित जवाफ दिनुको सट्टा निरीह भएर बस्छ छिसिक्क बोल्न पनि सक्दैन । पुराना र नेपालको हित बिपरित भएका रास्ट्रघाती असमान सन्धि सम्झौताहरु खारेज गर्नुको सट्टा उल्टै MCC जस्ता रास्ट्रघाती सम्झौता गर्दै वैदेशिक हस्तक्षेपमार्फत नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता माथी तिखा काला नङ्रा गाडिदैछ्न । देशको पुँजी NCELL जस्ता राष्ट्रघाती बहुराष्ट्रिय कम्पनीमार्फत बाहिरिदैछ । नेपाली नागरिकहरुलाई सरकारले करका भारी बोकाएर उठ्नै नसक्ने गरि थिचेको छ तर NCELL जस्तो बर्सौसम्म कर नतिरी बस्ने लुटेरा बहुराष्ट्रिय कम्पनिलाई केही दलाल नेताहरुको सुरक्षा र पहुँचमा छुट दिइन्छ । युवाहरु रोजगार नपाएर आखाका आँसु झार्दै तातो घाममा आफ्नो श्रम बेच्न खाडिका गल्ली धाउदैछन । गाउमा बसोबास गर्ने युवाहरू कुनै पेशा र जीवन जिउने आधार नहुदा विभिन्न राजनीतिक पार्टीका कार्यक्रता भयर रक्सी खान, जुवातास र मोलतोलमा ठिक्क छन । गाउकि सोझी नारी दलाल नेताहरुका गुण्डाद्वारा बलत्कृत भएर चरम पीडा र असिमित अन्याय सहदै अकालमै मारिनु परेकोछ । दिन प्रतिदिन हत्या, हिंशा, बलात्कार, लुटपाट र सामाजिक असुरक्षाले सिमाना नाघेकोछ । एउटा दलित धारा तथा मन्दिर छोएको र गैर दलितकि युवतीसंग प्रेम गरेको निउमा सार्वजनिक स्थलमै कुटियर मारिनु परेको छ । गाउका बालकले राम्ररी खान नपाएर कुपोषणको सिकार हुनु परि रहेको छ । नव युवाहरु उचित शिक्षा र कुसल संस्कार नपाउदा लागू औसधिको दुर्बेसनमा फसिरहेका छन ।
देशको प्राकृतिक श्रोत साधन समयमै पहिचान, उत्खनन् र उपयोग हुन नसकेर त्यत्तिकै खेर गइरहेकोछ । बिश्वलाई नै चिनाउने अत्यन्तै रमणीय र मनमोहक पर्यटकिय क्षेत्र र अवलोकन दृश्यहरुको खोज, अनुसन्धान, पहिचान, बिकास र संरक्षण गर्दै प्रचार-प्रसार गरि पर्यटन उधोगको बिकास गर्नुको सट्टा उल्टै नास र लोभ हुँदै गइ रहेका छन । खेतीयोग्य जमीनमा खनजोत गर्ने युवा जनशक्ति बिदेश पलायन र सहर केन्द्रित हुदा रुखा डाडा र गाई बस्तु चराउने चरन क्षेत्रको रुपमा परिणत भयकाछन । स्वदेशमा बसोबास गर्ने बुढा आमा बुवा र साना नानी बाबुहरु बुढेसकालको माया र न्यानो साथ खोजिरहेका छन । गरिब किसानले भोको पेट भर्न र परिवारको छाक टार्न कृषि पेशाका लागि खेतीयोग्य उत्पादन युक्त जमिन खोजिरहेकाछन । महिलाले बाच्न पाउने अधिकार र समानता खोजिरहेकाछन । दलितले युगौ युग देखि उपल्लो जात भनाउदा ब्राह्मणबादी निकृस्ठ सोच भयको समाज बाट दमन र उत्पीडन बाट मुक्ति, युगान्तकारी क्षेतिपुर्ती, समान पहिचान र सहअस्तित्व खोजि रहेका छन । विद्यार्थीले निशुल्क र प्रतिस्पर्धी शिक्षा खोजिरहेकाछन । बिरामिले स्वदेशमै सर्वशुलव र गुणस्तरीय स्वास्थ सेवा खोजिरहेकाछन । प्रगतिशील उधोगी, ब्यवसायी, मध्यवर्ग र रास्ट्रभक्ति सच्चा नेपाली नागरिकहरुले दलाल संसदबादिहरुको कित्ता बाट श्रमजिबी नेपाली जनताको बैज्ञानिक समाजवादी सत्ता खोजिरहेकाछ्न ।
नेपालको दलाल संसदीय व्यवस्थाको लुट खसौटमा रमाइरहेका दलाल नेताहरु नेपाली जनतालाई ढाट्दै, विभिन्न प्रलोभन, आश्वासन र त्रासमा पार्दै आफ्नो रक्षा र राजनीतिक अस्तित्व कायम गर्न रास्ट्रका दलालहरु, बिदेशी शक्तिकेन्द्र र साम्राज्यवादी मुलुकको सेवा र भजनमण्डलिमा केन्द्रीत छन । राष्ट्रिय राजनीतिमा उत्पन्न भएका राजनीतिक समस्याको हल तथा समाधान समयमा दिन नसकेर आफू पन्छिनका लागि संबैधानिक अङ्गका जिम्मा लगाएर मुलुकमा ठुला – ठुला राष्ट्रिय संकट निम्त्याइ रहेका छन । दलाल संसदीय व्यवस्थाले निर्माण गरेका सबै संबैधानिक निकाय तथा राज्यका अङ्गहरुमा उत्पन्न भयका अन्तरबिरोध र समस्याका कारण पुर्ण रुपले असफल भएका छन ।आफुले निम्त्याएका समस्याहरु राष्ट्रिय राजनीतिमा स्थापित गर्न खोजिरहेका छन । रास्ट्रको बिकास, जनतालाइ निकास, राष्ट्रिय पुजिको संरक्षण र बिकास, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, युवालाइ स्वदेशमै रोजगारी, प्राकृति श्रोत साधनको संरक्षण , उत्खनन, उपयोग र निकासी, स्वदेशी उद्योगधन्धा,कलकारखानाको संरक्षण, कृषिमा आधुनिकिकरण, गुणस्तरीय सेवा प्रवाहमा वृद्धि, सामाजिक उत्पीडन, अन्तरबिरोध र कलहहरुको समाधान दिने सवालमा, उत्पीडित बर्ग,लिङ्ग, क्षेत्र र समुदायको बिकास, समृद्धि, न्याय , समानता जस्ता यावत विषयहरुमा पुर्ण रुपले असफल भएका छन । यसमा कुनै ब्यक्ति, पात्र, नेता र राजनीतिक दलको कमजोरी भन्दा पनि समग्र व्यवस्था र सिङ्गो प्रणालीको कमजोरी देखिन्छ ।
अहिले विश्व बिज्ञान र प्राविधिले प्रतिसपर्धि र तथ्यगत प्रमाणमा आधारित छ । बर्तमान समयमा नेपाल कम्युनिस्ट पार्टीले अहिलेको परिस्थितिमा उत्पन्न भएका राजनीतिक समस्या र सामाजिक अतरबिरोध हल गर्ने सवालमा दलाल पुजीवादी संसदीय व्यवस्था पुर्ण रुपले असफल सिद्ध भइसकेको भन्दै यसका विरुद्ध सबैले रुचाउने र देशले आवश्यक ठानेको बैज्ञानिक समाजवाद अवको निर्बिकल्पका रुपमा लिएको छ । जसले जनतालाई भाषण र कासन नभै समानता, मुक्ती, न्याय, समृद्धि, बिकास र सुशासन दिन्छ । देशमा सच्चा कम्युनिस्टहरुले शासन गरे जस्तो सत्ता र व्यवस्था स्थापना गरि कुसल संचालन गर्छ । श्रमजीवी नेपाली जनताले राजनीतिक, सामाजिक, आर्थिक, सास्कृतिक रुपले आफ्नो पन र अस्थित्वको महसुस गर्नेछन । वैदेशिक हस्तक्षेप, सिमा अतिक्रमण, रास्ट्रको बिकास र समृद्धिका लागि कुसल अन्तर्राष्ट्रिय सम्बन्ध र सक्षम सैनिक सम्रचनाको निर्माण गर्नेछ । भ्रस्टाचार, माफियाकरण, लुटतन्त्र, दलालिकरणलाई प्रोत्साहन गर्ने दलाल पुजीवादी संसदीय व्यवस्था बाट पुर्णरुपले मुक्ती निकास दिन्छ । सदियौदेखि अन्याय उत्पिडन र बिभेदमा पारिएका जाती, वर्ग र क्षेत्रका समुदायलाई न्याय, समानता र मुक्ती दिदै क्षेमता र सृजनशिलता बिकास गर्दै राज्य संचालनको जिम्मेवारी दिनेछ ।
नेपाल कम्युनिस्ट पार्टीले बैज्ञानिक समाजवाद प्राप्तिका लागि देशभक्त शक्तिहरु रहने प्रगतिशील सयुक्त सरकारको अधिनमा दलाल, लुटेरा, माफिया, भ्रष्टाचारीहरुलाइ प्रसय दिने दलाल पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध जनताले चाहेको आफ्नै व्यवस्था बैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत संग्रहको माग गरेकोछ । बैज्ञानिक समाजवाद नेपाल मात्रै नभई बिस्वलाइ समानता र सहअस्थित्वमा आधारित बिकास, समृद्धि, सम्बन्ध र न्याय कायम गर्नेछ । राष्ट्रिय राजनीतिमा उत्पन्न भयका र हुनसक्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समस्याको सहि निकास र समाधान दिनेछ । मान्छेले मान्छेलाई गरिने अमानवीय ब्यवहार जातिय बिभेदको पुर्ण रुपले अन्त्य गर्नेछ । महिला माथी गरिने लैङ्गिक बिभेद तथा असमानताको अन्त्य गर्नेछ । शासन संचालनमा सबै बर्ग, लिङ्ग, क्षेत्र र समुदायको सहज पहुच र अपन्वत्व कायम गर्नेछ । राष्ट्रिय पुजीको सहि परिचालन र व्यवस्थापन गर्नेछ । बहुमुल्य खानी र खनिज पदार्थको पहिचान, उत्खनन, उपयोग र निकासी गर्दै आर्थिक रुपले देशलाइ आत्मनिर्भर बनाउनेछ । शिक्षालाई निशुल्क बनाउदै प्रत्यक्ष श्रम संग जोडियको, नेपालको भूगोल सुहाउदो, बस्तुवादी,बैज्ञानिक, विश्व बजारमा प्रतिस्पर्धी र गुणस्तरीय बनाउनेछ । सबै नेपाली जनताका लागि स्वस्थ्य सेवा नि शुल्क र सर्वशुलब बन्नेछ । मुलुकमा प्रयाप्त उधोग धन्दा र कलकारखानाको स्थापना र बिकास गरि स्वदेशमै रोजगारिको अवसर सृजना गर्दै बिदेशीएको युवा जनशक्तिलाइ स्वदेशमै रोजगारी दिनेछ । बिदेश श्रम बेच्ने काम बन्द गर्नेछ । दन्डहिनताको अन्त्य गर्नेछ । अन्तरास्ट्रिय कानुनको पालना गर्नेछ । पन्चशिलका सिद्धान्त,अन्तरास्ट्रिय कानुन र सयुक्त रास्ट्र संघको बडापत्रका आधारमा अन्तरास्ट्रिय सम्बन्ध, सन्धी सम्झौता र सिमानाको रक्षा गर्न आन्तरिक सैन्य सुरक्षा पर्णालीको बिकास गर्नेछ । बैज्ञानिक समाजवादी सत्ता र शासन पर्णालिमा कसैलाई अन्याय, उत्पीडिन र बिभेदना परेको महसुस हुनेछैन । दलाल पुजीवादी संसदीय व्यवस्थाको ब्यवहार, शासन शैली,र नेतृत्व पर्णाली बाट जनता पुरै आजित भइसकेका छन । यो दलाल व्यवस्था मार्फत केही सिमित अवसरबादी ब्यक्तिहरुले मात्रै फाइदा लिन सकेको र सिङ्गो समाज, सच्चा प्रगतिशील, देशभक्त र श्रमिक बर्ग सधै दमन, विभेद र उत्पीडनमा परेकाछन । यसले निम्यायका राष्ट्रिय संकट, लुटपाट, समाजिक बिकृती, ब्यथिती, सास्कृतिक बिचलन, पुजिको अपचलन, अन्तरास्ट्रिय सम्बन्ध, राष्ट्रिय सम्पत्तिको परिचालन, व्यवस्थापन र संरक्षणको सवालमा पुर्णतया असफल भएर नेपालमा मात्र नभएर विश्व राजनीतिक इतिहासमा एउटा फोहोरी सहरको दुर्गन्धित ढल जस्तो भएको छ भने आजको समयमा बैज्ञानिक समाजवाद हिमालको स्वच्छ जल भएको छ ।

प्रतिक्रियाहरु