उड्ने मोटरसाइकल सार्वजनिक !

२०७८ कार्तिक ११ गते, बिहीबार


काठमाडौं । जापानको एएलआई कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ । फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो । एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ । होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड २० तय गरिएको निकेइ एसियाले जनाएको छ। कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्न् मोटरसाइकलमा एकजना चढ्न मिल्छ । उक्त बाइकमा एउटा परम्परागत इन्जिन र ब्याट्रीजडित चार मोटर छन् ।
मोटरसाइसलक सार्वजनिक भएको दिनदेखि नै अर्डर लिन थालिएको र आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरसाइलक उपलब्ध गराइने कम्पनीको भनाइ छ । इलेक्ट्रोनिक कम्पनी मित्सुबिसी र फुटबल खेलाडी केइसुके होन्डाले लगानी गरेको होभरबाइक निर्माता कम्पनीले मानिसहरुले कार छोडेर आफ्नो उत्पादन किन्ने अपेक्षा गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु