‘जनमत सङ्ग्रह जनताको लोकप्रिय कार्यनीति ‘

२०७८ कार्तिक ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रह जनताको लोकप्रिय कार्यनीति भएको बताएका छन् । महासचिव विप्लवले नेकपा रुपन्देहीको विस्तारित बैठकमा प्रशिक्षण मन्तव्य राख्दै क्रान्ति शान्तिपूर्ण पनि हुने बताउदै जनमत संग्रह मुर्दाहरुले गर्ने नभई क्रान्तिकारीहरुले गर्ने बताएका छन् ।महासचिव विप्लवले खास समयमा जनताको बलमा रुपान्तरण सम्भव हुने र बन्दुक इच्छाको कुरा नभई बाध्यता भएको बताएका छन् । महासचिव विप्लवले जनमत संग्रह एकीकृत जनक्रान्ति अन्तर्गतको एउटा नयाँ कार्यनीति भएको बताएका छन् । महासचिव विप्लवले भनेका छन्, “३ बुँदे सहमति नभएको भएपनि हामीले जनमत संग्रहको कार्यनीति भन्थ्यौं । केपीको सरकार ढल्नुको कारण संसदीय व्यवस्थाको असफलता भएको र यसको विकल्पमा जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको कार्यनीति बनाएका हौं ।” महासचिव विप्लवले त्यसका लागी नेकपा सहितको प्रगतिशील संयुक्त सरकार आवश्यक भएको बताएका छन् । उनले आवश्यक परे प्रगतिशील संयुक्त सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न तयार रहेको बताएका छन् । महासचिव विप्लवले “बन्दुक रहर होइन, बाध्यकारी हतियार हो । राज्यले नसुनेपछि जनताका लागी यो बाध्यकारी परिणाम हो ।” तर महासचिव विप्लवले जनमत संग्रहको चुनावमा जनताले जित्ने भन्दै भने, “जनमत संग्रहको चुनाव कसैको दयाले होइन, जनताको तागतले हुन्छ । जनताले जित्नेगरी हुन्छ ।” उनले संसदीय व्यवस्था असफल भएको कुरा अहिले नभएर पार्टीले जनयुद्धकालदेखि नै भनिरहेको भन्दै जनमत संग्रहमा वैज्ञानिक समाजवादी पक्षधरहरुले चुनाव जित्ने मात्रै होइन, त्यसको रक्षा गर्ने गरी जनता एकीकृत हुने बताएका छन् । जनमत संग्रहको कार्यनीतिबाट कसैपनि आतंक हुन नपर्ने बताउँदै अबको राष्ट्रिय राजनीति यसैमा केन्द्रीत हुने बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु