वैज्ञानिक समाजवाद अपरिहार्य

२०७८ कार्तिक ६ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन् । अखिल नेपाल शिक्षक संगठनको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले संसदीय व्यवस्था असफल भइसकेको व्यवहारिकरुपमै पुष्टि भइसकेको तथ्य प्रस्तुत गर्दै देशको वर्तमान राजनीतिक संकटको एक मात्र निकास वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताए । उनले वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेको भन्दै शान्तिपूर्ण ढङ्गले वैज्ञानिक समाजवाद स्थापना गर्न जनमत संग्रह आवश्यक भएको बताउँदै जनमत संग्रहको बहसलाई आमजनतासामु पु¥याउन शिक्षकलाई आग्रहसमेत गरे ।

महासचिव विप्लवले शिक्षक समुदाय र समाज परिवर्तनका बाहक भएको उल्लेख गर्दै यो वर्गको सम्मान र पेसालाई मर्यादित बनाउने कार्यका लागि पार्टीको साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतित्थ्यतामा बसेको अखिल नेपाल शिक्षक संगठनको उक्त बैठकले आगामी माघ २१, २२ र २३ गते संगठनको सातौँ राष्ट्रिय सम्मेलन चितवनमा गर्ने निर्णय गरेको बताइएको छ ।

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकको अध्यक्षतामा बसेको उक्त बैठकमा फ््रयाक्सन इञ्चार्ज भेषराज भुसालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु