‘धान लगाउन लिएको ऋण मिनाहा गर ‘

२०७८ कार्तिक ५ गते, शुक्रबार


काठमाडौँ। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले बाली पाक्ने बेलामा आएको प्रकृति प्रकोपका कारण नेपाली किसानहरू ठूलो मारमा परेको र किसानले दुःख गरी साहुसँग मिटर व्याज चक्रवर्ति व्याज, बैंक सहकारी संस्थामा महँगो व्याजमा ऋण लिएर धान लगाउन लिएको साहु बैंक सहकारी सस्थाको ऋण मिनाहा गरी सहयोग गर्न माग गरेको छ । साथै यस्तो विपतको घडीमा पनि नेपाल सरकारको मौनताले नेपाली किसानको मनोबल घट्न गएको भन्दै बाढीपहिरोका कारण जनधनको क्षतिको तत्काल अनुगमन गरी उचित क्षतिपूर्ति तथा राहतको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायलाई जोडदार माग गरेको छ ।
किसान महासङ्घका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठले शुत्रबार प्रेस विज्ञप्तिमार्फत धान पाकेर भित्राउने बेलामा बेमौसमी भिषण पानी, वर्षा, पहिरो र हावाहुरीका कारण पाकेको हिउँदेबाली नष्ट गरेकोमा दुःखीत भएको भन्दै मृतकका परिवारहरूलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था, बेपत्ताको खोजी, बाढीपहिरो पीडितलाई राहत एवम् किसानको समस्या हल गर्न वा प्राकृतिक कृषि कोष खडा गरी किसानलाई उचित राहत दिन माग गरेका छन् ।

किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नेपालका किसानका समस्यप्रति सधैँ लागि परेको अवगत नै छ । धान पाकेर भित्राउने बेलामा बेमौसमी भिषण पानी, वर्षा, पहिरो र हावाहुरीका कारण पाकेको हिउँदेबाली नष्ट गरेकोमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) अत्यन्त दुःखीत भएको छ । यसले नेपाली किसानलाई पीडित बनाएको छ । किसानले दुःख गरी साहुसँग मिटर व्याज चक्रवर्ति व्याज, बैंक सहकारी संस्थामा महँगो व्याजमा ऋण लिएर धान खेती गरेका हुन्छन् । बाली पाक्ने बेलामा आएको प्रकृति प्रकोपका कारण नेपाली किसानहरू ठूलो मारमा परेका छन् ।’

महासङ्घका अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यस प्राकृतिक विपत्तिमा सहयोग गर्न अ.ने. किसान महासङ्घ (क्रान्तिकारी) नेपाल सरकारसँग सहयोगको जोडदार माग गर्दछ । मृतकका परिवारहरूलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था, बेपत्ताको खोजी, बाढीपहिरो पीडितलाई राहत एवम् किसानको समस्या हल गर्न वा प्राकृतिक कृषि कोष खडा गरी किसानलाई उचित राहत दिन हाम्रो सङ्गठन जोडदार माग गर्दछ । साथै धान लगाउन लिएको साहु बैंक सहकारी सस्थाको ऋण मिनाहा गरी सहयोग गर्न माग गर्दछौँ ।’

अध्यक्ष हरि श्रेष्ठले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यस्तो विपतको घडीमा पनि नेपाल सरकारको मौनताले नेपाली किसानको मनोबल घट्न गएको छ । बाढीपहिरोका कारण जनधनको क्षतिको तत्काल अनुगमन गरी उचित क्षतिपूर्ति तथा राहतको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु