भारतमा विमान दुर्घटना, पाइलट घाइते

२०७८ कार्तिक ४ गते, बिहीबार

काठमाडौं । भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ। बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका छन्। क्षतिबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

प्रतिक्रियाहरु