‘ वाढी- पहिरोबाट प्रभावित जनताको उद्धार र राहतको व्यस्था गर ‘

२०७८ कार्तिक ३ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले वर्षाका कारण मृत्यु भएका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाईतेहरुको निशुल्क प्रभावकारी उपचार, वेपत्ता नागरिकहरुको तिव्रतामा खोजी र जोखिमीको आतंकमा बसेका वस्तीहरुको सुरक्षित पुर्नवासको व्यवस्था गर्न सरकारसंग माग सरकारसंग माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले राज्यको कमजोर अवस्थाका कारण पहिरो, वाढी, डुवान र कटानबाट प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सिङ्गो पार्टीपंतिलाई विशेष निर्देशन समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “गत आईतवारबाट देशमा भएको भिषण वर्षाका कारण डोटीमा ७ जना, डडेलधुरामा १ जना, कालीकोटमा १ जना, सुनसरीमा ३ जना, धनकुटामा ६ जना, ईलाममा ७ जना र पाँचथरमा ६ जना गरि ३१ जना नागरिकहरुको दुखद निधन हुन पुगेको छ । वझाङ्ग जिल्लाको थराला गाउँपालीका–४ मा ६ वटा घर पहिरोमा पर्दा २३ जना नागरिकहरु वेपत्ता हुन पुगेका छन । वाढी, पहिरो र कटानमा परि कैलालीमा ४ जना, हुम्लामा ६ जना समेत गरि देशैभरि ४३ जना नागरिकहरु वेपत्ता भएका छन । कर्णाली नदीमा आएको वाढीका कारण कर्णाली करिडोरको कालीकोट खण्डको जिते स्थित फेरी बगाएर यातायात अवरुद्ध भएको छ । देशैभरि वाढी र डुवानले किसानहरुले लगाएको धानवालीमा ठुलो नोक्सानी पुर्एको छ । पहिरो, वाढी, कटान र डुवानका कारण देशमा जनधनको अपुरणीय क्षति भएको यो विपतको घढीमा मृत्युवरण गर्ने ३१ जना नागरिकहरु प्रति हाम्रो पार्टी हार्दिक श्रदाञ्जली अर्पण गर्दछ साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछ । मृतकका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाईतेहरुको निशुल्क प्रभावकारी उपचार, वेपत्ता नागरिकहरुको तिव्रतामा खोजी र जोखिमीको आतंकमा बसेका वस्तीहरुको सुरक्षित पुर्नवासको व्यवस्था गर्न नेपाल सरकारसंग हाम्रो पार्टी विशेष माग गर्दछ ।
राज्यको कमजोर अवस्थाका कारण पहिरो, वाढी, डुवान र कटानबाट प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सिङ्गो पार्टीपंतिलाई विशेष निर्देशन पनि गर्दछौँ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु