पहिरोका कारण सयौ परिवार विस्थापित

२०७८ कार्तिक ३ गते, बुधबार

काठमाडौं । देशका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर ३२ जना बेपत्ता भएका छन् भने तीन सय ४० जनाको परिवार विस्थापति भएको छ । बझाङमा पहिरा जाँदा २३ जना बेपत्ता छन् । थलारा गाउँपालिका–४ को डिख्लामा हिजो बिहान पहिरो जाँदा चार परिवारका २३ जना बेपत्ता भएका छन् भने ३ सय परिवार विस्थापित भएका छन् ।
यसैगरी, हुम्लाको खुर्पुनाथ गाउँपालिका खर्पेलको पहिरोमा परी एकै परिवारका ६ जना बेपत्ता भएका छन् भने जुम्लामा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।
कैलालीमा कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै, माई खोलामा आएको बाढीले झापाको गौरीगञ्ज गाउँपालिकाको भाकुरमारी वस्ती डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका २ मा रहेको सो वस्ती डुवानमा पर्दा ४० घर विस्थापित बनेका छन् ।

यता, धनकुटाको चौवीसे गाउँपालिका एक छ नम्बर बुधबारे बडेरेमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ । स्थानीय भिमबहादुर श्रेष्ठकाको घरमा पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ६० वर्षीय भीम बहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ, ३९ वर्षीय संञ्जय श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय निक्सन श्रेष्ठ रहेका छन् । पहिरोबाट १२ जनाको उद्दार गरीएको छ ।
त्यस्तै धरान–धनकुटा खण्ड अबरुद्ध भएको छ । बाढीले कोसी राजमार्गको सिम्सुवा–मुुलघाट खण्डको घण्टे भन्ने स्थानमा एकसय मिटर भन्दा बढी पक्की सडक बगाएको प्रहरीले जनाएको छ ।
यस्तै गर्जुवा खोलामा आएको बाढीले सडक भत्काएको छ । गुढीटार र त्रिशुलेमा पनि पहिरोले सडक अबरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि धरानबाट धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर हिँडेका यात्रु घण्टे, सिम्सुवा र भेडेटारमा अलपत्र परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार