नेकपाका प्रवक्ता प्रकाण्डद्वारा क्रान्तिकारी माओवादीका महासचिव किरणको स्वास्थ्य लाभको कामना

२०७८ कार्तिक १ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य लाभको कामना गरेका छन । प्रवक्ता प्रकाण्डले दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचारत किरणलाई भेटेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका हुन । उक्त भेटमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरणले स्वास्थ्य लाभ गरि फर्किए पछि देशको समग्र राजनीतिक स्थितिमा दुई पार्टी बिचको छलफल र भेटघाटलाई अगाडी बढाउने कुरा समेत भएको बताइएको छ ।
लामो समयदेखि दमको रोगबाट पीडित किरणलाई असोज ३१ गते बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो , अहिले उनको स्वास्थ्यमा क्रमिक रुपले सुधार भै रहेको बताइएको छ ।

प्रतिक्रियाहरु