अमेरिकी मिसनका प्रतिनिधि अपहरण !

२०७८ कार्तिक १ गते, सोमबार


काठमाडौं । हाइटीमा अमेरिका र क्यानडाका विभिन्न मिसनका प्रतिनिधिहरु अपहरणमा परेका छन् । क्रिश्चियन एड मिसिस्टीज संगठनका अनुसार अमेरिका र क्यानडाका १६ जना नागरिक हाइटीमा अपहरणमा परेको बताइएको छ । तीमध्ये पाँच बालबालिका, सात महिला र पाँच पुरुष रहेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।
हाइटीका सुरक्षा अधिकारीहरुले अपहराणकारीको खोजी जारी रहेको जनाएका छन् । स्थानीय विद्रोही समह सो घटनामा संलग्न रहेको त्यहाँको सरकारले आशंका गरेको छ । मिशन राजधानी पोर्ट औ प्रिन्सको उत्तरी क्षेत्रमा यात्रा गरिरहेको बेलामा अपहरणमा परेको बताइएको छ ।
हाइटीमा पछिल्लो समय अपहरणका घटना बढ्दै गएका छन् । गत जनवरीदेखि ६ सय भन्दा बढी अपहरणमा परिसकेको छन् । -एजेन्सी

प्रतिक्रियाहरु