सात नाउर र पाँच झारलको सिकारका लागि अनुमति

२०७८ कार्तिक १ गते, सोमबार

काठमाडौं । ढोरपाटनमा भोलिदेखि पहिलो यामको सिकार सुरु हुने भएको छ । एक महिना चल्ने सिकार याममा यो साता सात नाउर र झारलको सिकार हुने भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामको लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको छ । सिकारीको लागि आवश्यक बन्दोबस्तकालागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित् ब्लकमा खटाएको छ । यो बर्ष फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीहरु सिकारको लागि आउने ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार