जम्मु–कश्मिरमा मुठभेड : ९ जना भारतीय सैनिकसहित २२ को मृत्यु

२०७८ कार्तिक १ गते, सोमबार


काठमाडौं । भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा एक सातादेखि मुठभेड चलिरहेको छ । गत सोमबारदेखि भारतीय सेना र अतिवादी समूहबीच लडाइँ जारी छ र यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा भारतीय सेनाका ९ जना जवान समेत रहेका छन् । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको समाचार बीबीसी हिन्दीमा छ ।
बिबिसीका अनुसार भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए । सेनाका अधिकारीहरुका अनुसार सोमबार सूचना प्राप्त भएपछि सेनाले सुरानकोटको जंगलमा चरमपन्थीहरुलाई खोज्ने अभियान सुरु गरेको थियो । यस क्रममा सेना र चरमपन्थीहरुबीच भयंकर मुठभेड सुरु भएको हो । सेनाका टुकडीहरुलाई मुठभेड स्थलमा पठाइएको थियो र उग्रवादीहरुलाई खोज्न र हवाई सर्वेक्षण सुरु गरियो । चरमपन्थीहरु विरुद्ध यो अभियान पुँछ–राजौरीको घना जंगल मा चलिरहेको छ ।
राजौरी पुञ्चका डीआईजी विवेक गुप्ताले शनिबार एक पत्रकार सम्मेलनमा भने कि पुँछको भट्ठा धुरीने नामक घना जंगलमा अझै अपरेशन चलिरहेको छ । उनले उक्त भौगोलिक कठिन क्षेत्र र परिस्थिति को कारण सुरक्षा बलका जवानहरु धेरै सावधानीसँग कारबाही गरिरहेका छन् ।
आतंकवादी समूह र सेनाबीच मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा आतंकवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लोपटक सामान्य प्रशासन विभाग (जीएडी) ले अलगाववादी नेताका रूपमा परिचित सइद अली शाह गिलानीका नाति अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट निकालिएको जनाइएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु