मेलम्ची – इन्द्रावती अस्थायी मोटरबाटोमा क्षति

२०७८ आश्विन ३१ गते, आईतवार

काठमाडौं । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिले जनाएकाे छ । समितिकाअनुसार मौसम सुधार आउने वित्तिकै बाटोमर्मत गरी सञ्चालनमा आउँनेछ ।
यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए। असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु