आतंकवादी हमलावाट सांसदको हत्या !

२०७८ आश्विन ३० गते, शनिबार


काठमाडौं । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो ।
बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ । उनलाई पक्राउ गरी अनुसन्धान बढाइएको जनाइएको छ । ६९ वर्षीय सर डेभिड साउथेन्ड वेष्टबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्थे । उनकी पत्नी र पाँच सन्तान छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु