विश्व दृष्टि दिवस मनाइँदै

२०७८ आश्विन २८ गते, बिहीबार


काठमाडौँ । आज अक्टोबरको दोस्रो बिहीबार विश्व दृष्टि दिवस । हरेक वर्ष अक्टोबरको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
आँखा अर्थात् दृष्टि मानिसका लागि निकै महत्वपूर्ण छ । आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ, दृष्टि कसरी गुम्छ भन्नेबारे जानकारी गराउन र सचेतना फैलाउन दृष्टि दिवस मनाइँदै आएको हो । यस वषको दृष्टि दिवसको नारा ‘आफ्नो आँखाको माया गर’ रहेको छ ।


विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने निर्णय भएको थियो । सन् २०२० सम्ममा अन्धोपन न्यूनीकरण गर्ने यसको मुख्य लक्ष्य थियो । नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो।

प्रतिक्रियाहरु