दशैं दशा बनेको छ

२०७८ आश्विन २८ गते, बिहीबार
झपेन्द्रराज बैद्य



“आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई “भन्ने नेपाली उखान छ। हुन पनि दशै रमझम गरेर आउँछ । ताम झाम हुन्छ। निम्न मध्यम बर्गमा बिबशता छ। भए पनि नभएपनि खर्च गर्नै पर्छ । यो बाध्यता हो। वास्तबमा दशैं हिन्दू धर्मको चाड हो। पृथ्बी नारायण शाहले हिन्दू धर्मको प्रचार प्रसार गर्न ठाउँ ठाउँमा आफ्ना दुतहरू पठाउने गर्थे। वास्तबमा दशैं भारतबाट आयात गरिएको पर्व हो। दशैंको कथा राई लिम्बु जस्ता जनजातिको बलिदानीबाट जोडिएको छ। राई लिम्बुहरू टीका थाप्न नजादा सामन्ति सत्ताका नाइके राणाहरूबाट उनीहरूको हत्या गरिएको छ। सन् १८३१मा गोरखाका राजाले दशैं नमान्ने लिम्बुहरुको किपट खोस्ने धम्कि दिएका थिए। जोगीको भेषमा जासूसगरू गाउँमा पठाएर दशैं नमान्ने लिम्बुहरूलाई चरम यातना दिएर दशैं मान्न बाध्य बनाएका थिए। गोरखाका राजाहरूले षड्यन्त्रपूर्वक काठमाण्डू उपत्यका कब्जागरेता पनि नेवारहरूले गोरखाको शासन स्विकारेका थिएनन्। नेवारहरूलाई दशैं मान्न बाध्य गोरखाबाट काठमाण्डौमा फूलपाती ल्याएर टुँडिख्लमा पढाइ गरेका थिए। यसरी जनजातिलाई दशैं मान्न बाध्य बनाईसकेको थियो। पृथ्बीनारायण शाहको आदेश अनुसार सेनानी कामगर्ने गुरूँग र गोरखाराम नजिक बस्ने मगर गुरूँगलाई दशैंमा अनिवार्य बली दिनुपर्ने गराइएको थियो। पशुवली दिएर ढोका वरिपरि रगत लगाउन बाध्य पारिएको थियो। बि सं १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरूंगल्ई लामा पुजारी राख्न बन्देज लगाई बाहुन पुजारी राख्न लगाएका थिए। बिसं १६१६मा द्रब्य शाहले खड्का मगर राजालाई निर्मम हत्यागरी मगर माथि शासन गरे। यसको परिणाम मगरलाई दशैं मान्न बाध्य तुल्याईयो।
अर्को कुरा सुनकेशी बगरमा पृथ्बी नारायण शाहले हतियार लुकाएर राखी तामांग राजा रिनजेन दोर्जेलाई मित लगाउन भनी बार्तामा बोलाए। तर दशैं नमानेको निहुँमा दोरंजेको हत्या गरेका थिए।
नेपाल अहिले दशैंमय भएको छ। तर मगर गुरूंगहरूले त्यति चाख राखेर दशैं मनाएगा हुदैनन् उनीहरूले दशैंमा सेतो टीका लगाउँछ छन्।
दशैं चाडबाड त सबै मनाऊँ तर गछ्छे अनुसार मनाऊँ। घाँटी हेरेर हाड निल्नुपर्छ। दिनभर काम गर्नेहरू भोक भोकै काम गरिरहेका हुन्छन्। हीमीहरूले ९०% गरीबको हालत पनि हेर्नुपर्छ। मस्त जाँड रक्सी ख़ाएमा हामी बिरामी हुनसक्छौं। सकेसम्म ऑर्गेनिक बस्तु प्रयोग गरौं।
दशैंल्ई परिमार्जित गरौं। समयानुकूल यसको बिकास हुनुपर्छ। भौतिक बादीहरूका लागि दँशैंको केही पनि महत्व छैन। बापन्थी भनिने ले दशैं मानेको देख्दा अचम्म लाग्छ।
दशैं त मान्नुपर्छ । तर समयानुकुल हुनुपर्छ। गरीब किशानलमजदुर हरूले पनि मान्नसक्ने हुनुपर्छ। यसको बारेमा सबैलाई जानकारी हुनुपर्छ। यो सँस्कृति मानिसको नशा नशामा घुसेकोले साँस्कृति क्रान्तिको आवश्यक छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु