आज महाअष्टमी

२०७८ आश्विन २७ गते, बुधबार


काठमाडौं । आज बडादसैंको आठौं दिन अर्थात महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरीन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । यसक्रममा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । आजको रातलाई कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।
आज पनि उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठहरुमा बलिसहित पूजाआजा गर्नेको भीड लागेको छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । महाअष्टमीको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने चलन छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पहिरोका कारण सयौ परिवार विस्थापित

२०७८ कार्तिक ३ गते, बुधबार

आज कोजाग्रत पूर्णिमा

२०७८ कार्तिक २ गते, मंगलवार

भीमदत्त राजमार्ग अवरुद्ध

२०७८ कार्तिक १ गते, सोमबार