‘मोतिपुर घटनाका दोषीहरुमाथी कडा कारवाही गर’

२०७८ आश्विन २५ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बुटवल मोतिपुर औधोगिक करिडरमा प्रहरी र सुकुम्वासी बीच भएको झडपमा प्रहरीको गोलीबाट बाणगंगा नगरपालीका १० कपिलवस्तुका रेमश परियारलगायत ४ जनाको मृत्यु, दुई दर्जन भन्दा बढी जना घाइते र दुई दर्जन माथी प्रहरी घाइते हुने गरी भएको घट्नाप्रति गंभिर रुपमा आर्कषित भएको जनाउदै उक्त घटनाका दोषीहरुमाथी कडा कारवाही , मृतकका परिवारलाई उचित राहातको व्यावस्था र घाइतेहरुको निशुल्क उपचारको व्यावस्था गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले औधोगिक करिडरभित्र पर्ने दर्तावाला जमिन भएका जनता र एैैलानी जमिनमा वसोवास गरेका वास्तवीक सुकुमवासी जनताको पहिचान गरी वैकल्पीक जमीनको व्यावस्था गरेर मात्र जमिन अधिकरण गर्न सरकारसंग विशेष माग गर्दै अन्यथा विषय गभिर हुने प्रति पनि सरकारको ध्यान आकर्षित गराएका छन । उनले पार्टीलाई मोतिपुर घट्नासंग जोडेर अफवाह फैलाउने भु–माफियालाई मुखर्ता नगर्न चेतावनी दिदै दलाल माफियाको भ्रामक प्रचारबाट समेत सचेत रहन सिङ्गो पार्टी पङ्ती र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “हिजो असोज २४ गते सोमवार रुपन्देही जिल्ला बुटवल शहर निकट मोतिपुर औधोगिक करिडरमा प्रहरी र सुकुम्वासी बीच भएको झडपमा प्रहरीको गोलीबाट बाणगंगा नगरपालीका १० कपिलवस्तुका रेमश परियार लगायत ४ जनाको मृत्यु, दुई दर्जन भन्दा बढी जना घाइते र दुई दर्जन माथी प्रहरी घाइते हुने गरी भएको घट्ना प्रति हाम्रो पार्टीको ध्यान गंभिर रुपमा आर्कषित भएको छ । ज्यान जाने र दर्जनौ घाइते हुने गरी घटाइएको घट्नाको हाम्रो पार्टी घोर निन्दा एवम भत्र्सना गदर्छ । घटनाका मृतकहरु प्रति भावपुर्ण श्रद्धन्जली अर्पण गर्दछ । आफन्तजनहरु प्रति हार्दिक समवेदना व्यतm गदर्छ । घाइतेहरुको सिघ्र स्वास्थलाभको कामना गर्दछ । हाम्रो पार्टी घटनाका दोषीहरुमाथी कडा कारवाही , मृतकका परिवारलाई उचित राहातको व्यावस्था र घाइतेहरुको निशुल्क उपचारको व्यावस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
विगतमा सरकारको जन विरोध चरित्र र हर्कतका कारण मोतिपुर घटना घटेको प्रष्ट हुन आउछ । त्यो बेला सरकारले मोतिपुुर औैधोगिक करिडरको परियोजना निर्माण र जग्गा अधिकारण गर्दा औधोगिक क्षेत्र भित्र पर्ने जनताको दर्ता भएको जग्गा र एैलानी जमिनमा वसेका वास्तविक सुकुमवासी जनताको पहिचान गरी जग्गावाला र सुकुमवासी जनताको वैकल्पीक व्यवस्था गर्ने जिम्मेवार कार्य गरेको भए आज यो घटना घट्ने थिएन । अर्को कुरा सुकुमवासीको आवरणमा देशैभरीका भू–माफियाहरु केन्द्रीत भएर अपराध गर्न पाउने थिएनन् । यसर्थ औधोगिक करिडर भित्र पर्ने दर्तावाला जमिन भएका जनता र एैैलानी जमिनमा वसोवास गरेका वास्तवीक सुकुमवासी जनताको पहिचान गरी वैकल्पीक जमीनको व्यावस्था गरेर मात्र जमिन अधिकरण गर्न सरकारसंग हाम्रो पार्टी विशेष माग गदर्छ । अन्यथा विषय गभिर हुने प्रति पनि सरकारको ध्यान आक्रोसित गराउदछ । पार्टीलाई मोतिपुर घट्नासंग जोडेर अफवाह फैलाउने भु–माफियालाई मुखर्ता नगर्न चेतावनी दिन्छौ । दलाल माफियाको भ्रामक प्रचारबाट समेत सचेत रहन सिङ्गो पार्टी पङ्ती र आम जनसमुदायमा पार्टी हार्दिक अपिल गर्दछ ।”

प्रतिक्रियाहरु