युवा संगठन काठमाडौंमा टाइगर

२०७८ आश्विन २५ गते, सोमबार


काठमाडौं । युवा संगठन नेपालको काठमाडौं जिल्ला सम्मेलन टाइगरको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । जनताको व्यवस्था चुन्नको लागि जनमत संग्रहको सृजना गरौँ! वैज्ञानिक समाजवादको पक्षमा चौथो जिल्ला सम्मेलन सफल पारौं !! भन्ने मूल नाराका साथ युवा संगठन नेपाल काठमाडौं जिल्ला सम्मेलन सम्पन्न भएको बतैएको छ ।
उक्त सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा, अन्य अतिथिहरुमा युवा संगठन नेपाल निवर्तमान केन्द्रीय उपाध्यक्ष दिनेश, जिल्ला सेक्रेटरी राजेन्द्र, उपत्यका तथा ताम्सालिङ व्युरो इन्चार्ज सुमन, जिल्ला पार्टी सल्लाकार देवीराम भुसाल लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनमा शुभकामना दिदै प्रमुख अतिथि माइला लामाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि युवाहरुको विशेष भूमिका रहेको र त्यो भूमिका पूरा गर्न प्रतिबद्ध भएर लाग्न सम्पूर्ण युवाहरुलाई आह्वान गरे । त्यसैगरी अर्का अतिथि दिनेशले दलाल संसदीय व्यवस्थाको कारण जोस जागर, दक्ष शिक्षित युवा वर्ग विदेश पलायन हुन बाध्य भएको र सम्पूर्ण शोषण दमन उत्पीडन विभेदबाट मुक्त हुन यो युगमा फेरि एकपटक मुक्तिकामी संर्घषमा जुट्ने बेला भएको भन्दै सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु