चीन चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल

२०७८ आश्विन २५ गते, सोमबार


काठमाडौँ । चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले सो चट्टानको आयु करीब २ अर्व बर्षको हुने अनुमान गरेका छन् । उनका अनुसार चन्द्रमा लगभग ४ अर्ब बर्ष पुरानो हो जुन पृथ्वी जतिकै पुरानो हो । बैज्ञानिकहरुको टोलीले चन्द्रमा वरिपरिका क्षेत्रहरुको बर्ष निर्धारणका लागि चट्टानको नमुना संकलन गरेको जनाएका छन् ।
जोलिफले चीनको बेइजिङ प्रयोगशालामा यो चट्टानबारे थप अनुसन्धान गरी छिट्टै नया तथ्य सार्वजनिक गर्ने जनाएका छन् । चीनले चांग ई ५ मिसन गत २४ नोभेम्बरमा प्रक्षेपण गरेको थियो । यही मिसनले चार दशकको इतिहासमा चन्द्रमाको सतहको चट्टान पृथ्वीमा ल्याउन सफल भएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु