भारत र चीनबीच उच्चस्तरिय वार्ता हुँदैं

२०७८ आश्विन २४ गते, आईतवार


काठमाडौँ । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औं वार्ता हो ।
भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप दवाव दिने भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।
यसअघि गत जुलाई ३१ मा यी दुई समुहबीच कमाण्डर स्तरमा १२ औं वार्ता भएको थियो । ९ घण्टा सम्म भएको वार्तामा लद्दाखको हट स्प्रिंग्स, गोगराबाट चिनिया सैनिक हटाउन भारतले गरेको आग्रह चीनले अटेर गरेपछि भारत चीनसँग थप असन्तुष्ट बनेको थियो ।
पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशकर र चिनियाँ समकक्षी वांग यीबीच द्धिपक्षीय वार्ता भएको थियो । वार्तामा भारतीय विदेशमन्त्री जसशंकरले लद्दाखको बिबाद समाधानका लागि एकपक्षीय परिवर्तनले काम नगर्ने भन्दै चीनलाई सेना फिर्ता गर्न दवाव दिनुभएको थियो । भारत र चीनबीच लद्दागको विषयमा पटक पटक बैठक बसेपनि समस्याको समाधान हुन सकेको छैन । -एजेन्सी

प्रतिक्रियाहरु