म्याक्स मेडिटेकको कालो धन्दा

२०७८ आश्विन २४ गते, आईतवार

काठमाडौँ । नेपालका विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको म्याक्स मेडिटेक सिस्टम प्रालिले कमिशनको जालोमा पारी आफ्नो ब्यापार चम्काउँदै आएको स्रोतको दावी छ । खासगरी देशका विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउदा म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको स्रोतको ठोकुवा छ ।

 म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, बीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा स्वास्थ्य उपकरण उपल्न्ध गराउँदै आएको छ । म्याक्स मेडिटेकले सरकारी अस्पतालमा स्वास्थ्य उपकरण माग गर्दा आफ्नो अनुकुलको शर्तसहितको प्राबधान राखी टेन्डर माग गर्न लगाउने, सेटिङ मिलाउने र कम गुण स्तरको स्वास्थ्य उपकरण उपलध गराउने गर्दै आएको स्रोतको ठोकुवा छ ।

म्याक्स मेडिटेकले हालसम्म स्वास्थ्य उपकरण उपलब्ध गराएका सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, बीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे यातार्थता सबै सामु छर्लङ हुने दावी गरेको छ । यसैगरी, म्याक्स मेडिटेकले स्वास्थ्य उपकरण भित्र्याउँदा र कारोबारअनुसारको राजस्व नतिरेको समेत स्रोतले दावी गरेको छ । र, उसले यस विषयमा सप्रमाण सम्बन्धित निकायलाई गुहार्ने समेत बताएको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु