रुपान्तरणको अर्थ र औचित्य !

२०७८ आश्विन २४ गते, आईतवार

नारायण शर्मा

रुपान्तरण भन्नाले सामान्यतया कुनै समाज, वस्तु, व्यक्ति वा चेतनाको उसको एक अवस्थाबाट अर्को गुणात्मक रुपले भिन्न र नयाँ अवस्थामा र विशेषतः राम्रो, उच्च र सशक्त अवस्थामा बदलिने प्रक्रिया हो । अंग्रेजीको तचबलकायचmबतष्यल लाई नेपालीमा रुपान्तरण भनिन्छ र यसलाई अंग्रेजीमा यस्तो अर्थ गरिएको छ–

ब कगममभल मचबmबतष्अ अजबलनभ या कअभलभचथ यल कतबनभ। यद्यपि यहाँ कसैको रुप र अवस्थामा ९क्अभलभचथ ल कतबनभ० मा मात्र एक्कासी ९कगममभल० र नाटकीय ९मचबmबतष्अ० परिवर्तन भनिएको छ तापनि रुपान्तरण भन्नाले प्रायः स्वरुप र गुण अनि बाह्य र आन्तरिक दुवै रुपमा एकदमै अन्तर आउनु भन्ने नै हो । सामान्यतया प्रकृया र परिणामका दृष्टिले रुपान्तरण दुई थरीका हुन्छन्– एउटा हो, मात्रात्मक अर्थात अंश–अंश हुँदै सुस्त–सुस्त र क्रमशः हुने परिवर्तन । अनि अर्को हो ः गुणात्मक अर्थात् एकैपटक फड्को स्वरुप एक्कासी र अविश्वसनीय रुपले पूर्ववत् अवस्थाबाट आन्तरिक र बाह्य रुपमा समेत नितान्त भिन्न र नयाँ रुप–रङ्ग, गुण–सार, आकार–प्रकार र प्रकृति–प्रवृत्तिमा हुने परिवर्तन । यसका पनि सकारात्मक र नकारात्मक, राम्रो र नराम्रो, प्रगतिशील र प्रतिगामी, अग्रगामी र पश्चगामी, उध्र्वोन्मुख र उँधोन्मुख अनि जीवनशील र मरणशील अवस्था हुन्छन् । यो सकारात्मक र जीवनशील प्रकृया र परिणाममा बदलिने कार्य अलि कठिन, जटिल र चुनौतीपूर्ण हुन्छ । यो प्रकृयामा धेरै नै समय, श्रम, शक्ति, बुद्धि, आँट र लगन लाग्ने गर्छ भने त्यसको तुलनामा नकारात्मक र मरणशील प्रक्रिया सरल र शीघ्रनै हुने गर्छ भने लगानी पनि कम नै हुन्छ । अहिले हाम्रो मुख्य चासो र चिन्ता मान्छे र समाजको चिन्तन, चरित्रसँगै यिनको अवस्था र व्यवस्थाको रुपान्तरण अर्थात् पूर्ण परिवर्तन (क्रान्ति) सँग सम्बन्धित छ । मान्छेको आफ्नो रुपान्तरणको अर्थात् आफैँभित्रको विचार र आचारमा गर्ने र हुने क्रान्तिको प्रस्थान विन्दु, केन्द्रविन्दु वा मुख्य विन्दु स्वयम् उही व्यक्ति नै हो । यद्यपि मान्छेको रुपान्तरणलाई विभिन्न विचार, व्यक्ति, विधि, व्यवहार, शिक्षादीक्षा, ज्ञानगुन आदि केही विषय वा घटना र कारणले प्रभावित र प्रेरित गर्दछन् । तथापि मान्छेको रुपान्तरण स्वयम् ऊ आफैँबाट, आपूmभित्रैबाट हुन्छ, गर्छ र गर्नुपर्छ । अनि मात्र त्यो सम्भव, सार्थक र सफल पनि हुन्छ । उसले आफ्ना सोच–शैली, विचार–आचार, भावना–प्रवृत्ति, बानी–व्यहोरा र संस्कार–संस्कृतिमा फेरबदलबाट रुपान्तरणको प्रकृया थालनी गरी त्यसमा सफलतासँगै परिवार, समाज, पार्टी, राज्य र विश्वलाई बदल्ने अर्थात् रुपान्तरण गर्ने प्रकृया अघि बढाउनुपर्छ । यसरी मात्रै यो अघि बढ्छ र सफलतासम्म पुग्छ । यसरी एउटा सचेत र जिम्मेवार मान्छेले आफ्नो रुपान्तरणसँगै सबैलाई रुपान्तरण गर्दछ वा गर्न कोसिस गर्दछ र परिवार, समाज, राज्य र सम्पूर्ण मानवजातिप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दछ । यो कुरा बेग्लै हो कि रुपान्तरण कसैको आन्तरिक मामला र प्रकृया हुनाले बाह्य प्रयास र प्रभावको भूमिका कम हुन्छ तर पनि रुपान्तरणको लागि बाह्य वातावरणको भूमिका महत्वपूर्ण, अनिवार्य र अपरिहार्य हुन्छ अनि कतिपय अवस्थामा त निर्णायक पनि हुन्छ । जेहोस्, रुपान्तरण मूलतः आन्तरिक कारणबाटै सम्भव हुन्छ ।

रुपान्तरण अर्थात् परिवर्तनका मात्रात्मक र गुणात्मक प्रकृतिबारे उदाहरण दिंदा प्रायः पानी तात्ने र बाफ बन्ने प्रक्रिया र परिणामलाई उदाहरण दिइन्छ । चिसो पानीलाई आगो वा बिजुलीले ताप दिई तताउँदा र त्यो पानी तात्दा सुस्त–सुस्त, अलिअलि गरी क्रमशः तातो हुँदै जान्छ । यो तातो हुने प्रकृया र चिसो पानी तातो हुने परिणाम त प्राप्त हुने तर पानीको पानी नै रहिरहने प्रकृया र परिणामलाई मात्रात्मक रुपान्तरण वा परिवर्तन भनिन्छ । यसैगरी चिसो पानीलाई तातो गर्दै जाँदा जब त्यो उम्लिन्छ र बाफमा परिणत हुन्छ तब त्यो प्रकृया र परिणामलाई रुपान्तरण वा गुणात्मक मानिन्छ । किनकि, पानीको चिसो गुण चरम तातोमा बदलियो, उम्लियो र पानीको तरल र बग्ने स्वरुप उड्ने बाफको अवस्थामा बदलिन्छ । मान्छेका सन्दर्भमा भन्नुपर्दा जब एउटा सामान्य मान्छे काम व्यवहार, शिक्षादीक्षा, ज्ञानगुन र संस्कार–संस्कृतिले लैस हुँदै सिपालु, शिक्षित, सचेत र सभ्य हुन्छ त्यो उसमा आएको रुपान्तरण हो । सामान्यतया मान्छेको रुपान्तरण भनेको कुनै खराब, गलत र दुष्ट मान्छे उसको आफ्नो पूर्ववत् अवस्थाको विपरीत, उच्च र सुन्दर अवस्थामा अर्थात् असल, सही र सभ्य–सेवक मान्छे बन्नु हो अथवा त्यस्तो नराम्रो मान्छेबाट राम्रो मान्छेमा बदलिनु रुपान्तरण हो । तर, एउटा सामान्य मान्छे क्रमशः अलिअलि राम्रो बन्नु मात्रात्मक परिवर्तन वा आंशिक रुपान्तरण मात्र हो भने कुनै खराब मान्छे पूरै असल मान्छे बन्नु गुणात्मक परिवर्तन वा सकारात्मक रुपान्तरण हो । उदाहरणको लागि एउटा साधारण मान्छे रत्नाकर एक कुख्यात डाँकामा बदलिनु उसमा आएको नकारात्मक वा विकृत रुपान्तरण हो भने त्यही रत्नाकर डाँका नै पुनः वाल्मीकि ऋृषि बन्नु सही र सकारात्मक रुपान्तरण हो । तर, यो अघिल्लो रुपान्तरण केही सरल र सहज हुन्छ भने पछिल्लो रुपान्तरण भने अलि बढी कठिन र जटिल हुन्छ । त्यसै हुनाले प्रायः मानिसहरुले सामान्यतया सकारात्मक वा सही अग्रगामी रुपान्तरण हुने कामकुरालाई प्रायः अविश्वसनीय र असम्भवजस्तै ठान्दछन् ।

यस सन्दर्भमा कुनै अवसरवादी, स्वार्थी, व्यक्तिवादी, भ्रष्ट र दुष्ट मान्छे क्रान्तिकारी, त्यागी, समूहवादी, स्वच्छ र इष्ट मान्छेमा बदलिनु नै सही अर्थमा रुपान्तरण हो । तर, त्यस्तो भएको प्रायः पाइँदैन, बरु त्यसको विपरीत असल र राम्रो मान्छे चरम् खराब र नराम्रो मान्छेमा रुपान्तरण भएको देखिन्छ । हिजोका राजनीतिक क्षेत्रका प्रायः असल, नैतिक, स्वच्छ, जनसेवी, देशभक्त र त्यागी नेता–कार्यकर्ता र राज्य संचालकहरु आज जसरी खराब, अनैतिक, भ्रष्ट, जनविरोधी, देशघाती र भोगीविलासीजस्ता परम विपरीत अवस्थामा सजिलै बदलिएका छन्, यो पनि रुपान्तरण त हो तर यो नकारात्मक रुपान्तरण हो । यदि यी बिग्रिएका नेता–कार्यकर्ता र राज्यसंचालक राष्ट्र सेवक भनिनेहरु पुनः सप्रन्छन् र क्रान्तिकारी, देशभक्त र जनसेवी बन्छन् भने त्यो पनि रुपान्तरण नै हो र त्यो रुपान्तरण नै सच्चा र सकारात्मक रुपान्तरण हो । हो, यही रुपान्तरणलाई नै सामान्यतया रुपान्तरण भनिन्छ र नेता–शासकहरुको यस प्रकारको रुपान्तरण नै आजको हाम्रो नेपाली समाजको रुपान्तरणको लागि अत्यावश्यक भएको छ । यद्यपि यस्तो रुपान्तरण साह्रै नै जटिल र कठिन त छ तर अहिले यसको औचित्य र आवश्यकता दिन दुईगुना र रात चौगुनाका दरले बढ्दै गएको छ । भलेही आजका नेता–शासक र राज्यव्यवस्थामा व्याप्त विचलन, विघटन, विसर्जन र विकृति–विसङ्गतिहरुलाई हेर्दा यिनमा रुपान्तरण आउला र क्रान्ति होला भन्ने कुरामा जनसामान्यलाई आशंका र अविश्वास बढेकोले असम्भव समेत लाग्नसक्छ । आज यस प्रकारको रुपान्तरण हुने कुरामा आमजनतालाई विश्वास नभए पनि सिद्धान्ततः यिनमा रुपान्तरण हुँदै हुन्न र असम्भव नै छ भन्ने चाहिँ होइन । सके सकारात्मक रुपान्तरण होला, नभए यिनको नकारात्मक रुपान्तरण त अनिवार्य र अवश्यम्भावी छ र अन्ततः यिनको निषेध हुने–गरिने कुरामा पनि कुनै शंका छैन । यो नै अहिलेको हाम्रो नेपाली समाजको समयको परम् आवश्यकता र माग बनेको छ । यस प्रकारका हालका व्यक्ति, शक्ति र समाज अनि यिनको अवस्था र व्यवस्थालाई रुपान्तरण वा निषेध गर्नको लागि भने सचेत, संगठित, साहसिक, संयुक्त र सशक्त संघर्षसमेत गर्नु जरुरी छ । यही जरुरत पूरा गर्न–गराउन समर्पित र सामूहिक रुपले लाग्नु नै अहिलेका सम्पूर्ण सचेत समुदाय, शक्ति र व्यक्तिको सही कर्तव्य हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु