नेकपाका प्रवक्ता प्रकाण्ड , गृहमन्त्री खाॅड र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता

२०७८ आश्विन २३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , गृहमन्त्री बालकृष्ण खाॅड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच शनिबार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको आठ महिना पुग्न लाग्दा समेत पुर्णरुपले कार्यान्वयन नभएको बताउदै तत्काल कार्यान्वयन गर्न आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री खाॅडले कानुन मन्त्रिसंग यस बिषयमा छलफल गरी यथासक्य छिटो नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सकारात्मक र गम्भीर भएको बताएका थिए । बैठकमा गृहमन्त्री र कानुन मन्त्रीले तीन बुँदे सहमति कार्यान्वनका बिषयमा सम्बन्धित निकायहरुसँग छलफल गर्ने र आगामी बैठकवाट तीन बुँदे सहमति कार्यान्वनलाई पूर्णता दिने सहमति भएको बुझिएकोछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु