अमेरिकाद्वारा ताइवानी सैनिकलाई गोप्य रुपमा तालिम !

२०७८ आश्विन २२ गते, शुक्रबार

काठमाडौं । अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला सो खुलासा भएको हो । अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो । ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन अमेरिकी अधिकृतहरु संलग्न रहेको पनि सो पत्रिकाले जनाएको छ ।
ताइवानी भूमिमै तालिम दिइएको र तालिम दिने अमेरिकी सैन्य अधिकृतहरु पालैपालो सहभागी हुने गरेको पनि रोयटर्स न्युज एजेञ्सीलाई उद्धृत गर्दै वालस्ट्रीट जर्नले उल्लेख गरेको छ । तालिम कहिलेदेखि सञ्चालन भईरहेको हो भन्ने विषयमा यकिन नगरिए पनि अमेरिकामा जो बाइडेनले ह्वाइटहाउसको जिम्मेवारी सम्हाल्नु अघिदेखि नै तालिम शुरु भएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु