‘वैज्ञानिक समाजवाद स्थापनाका लागि जमतसङ्ग्रह नै पर्याप्त ‘

२०७८ आश्विन २१ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले झन्डै दुईतिहाइ कम्युनिस्ट र वामपन्थी जनता, मतदाता रहेको मुलुकमा दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि जमतसङ्ग्रह नै पर्याप्त भएको ठोकुवा गरेका छन । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लवले संसारका कुनै पनि दलाल र फासिवादी शासकले जनतालाई सधैँ धोका दिन नसकेका उदाहरणहरू प्रस्तुत गर्दै जनमतसङ्ग्रहमा धोका भए विद्रोह र क्रान्ति गर्नु जनताको अधिकार रहेको पनि प्रस्टए । उनले जनता र पार्टीको शक्तिलाई एक बनाउनासाथ जस्तासुकै तानाशाह र षड्यन्त्रकारीहरूसमेत परास्त हुने ठोकुवा गरे ।
महासचिव विप्लवले एकीकृत जनक्रान्ति आफूहरूको मनोगत चाहना वा इच्छाको विषय नभएर वस्तुगत आवश्यकता रहेको बताउदै रुसी सशस्त्र विद्रोह, चिनियाँ दीर्घकालीन जनयुद्ध, नेपालको जनयुद्धका साथै संसारकै क्रान्ति र विद्रोहहरूको परिष्कृत र एकीकृत स्वरूप (फ्युजन) भएकाले एकीकृत जनक्रान्ति श्रमिक सर्वहारा वर्गको नयाँ, मौलिक र विकसित कार्यदिशा भएको बताए ।उनले वर्गसङ्घर्षको अन्तिम सत्य राज्यसत्ता बल प्रयोगबाटै कब्जा गर्न सकिने विषय, पुरानो विचार र सत्ताले आफ्नो वर्गस्वार्थको रक्षाका लागि बल प्रयोग अनिवार्य गर्ने भएकाले श्रमिक सर्वहारा वर्गले पनि सत्ता हातमा लिन बल प्रयोगको सिद्धान्तलाई अनिवार्य सर्तका रूपमा स्वीकार गरेको बताए ।
सरकारसँग भएको तीनबुँदे सहमतिपछि अवसरवादी, संशोधनवादी, दलाल र धोकेबाजहरूले नेकपाविरुद्ध विभिन्न किसिमका अनर्गल प्रचार गरेर धमिलो पानीमा माछा मार्ने दुष्प्रयास गरेको भए पनि एकीकृत जनक्रान्ति जारी रहेको र जनताको बलले यो विजयसम्म पुगेरै छोड्ने महासचिव विप्लवको उद्घोष थियो ।
महासचिव विप्लवले एकीकृत जनक्रान्तिको उर्लंदो लहरबाट अत्तालिएका दलाल र जनविरोधी शासकहरूले नेकपामाथि प्रतिबन्ध लगाए पनि अन्ततः हार स्वीकार गरेर प्रतिबन्ध फुकुवा गरेको प्रस्ट पारे । उनले भने, ‘तीनबुँदे सहमतिमा श्रमिक सर्वहारा वर्ग र क्रान्ति तल परेको छैन ।’
क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक रहेको प्रस्ट पार्दै क्रान्तिकारी सांस्कृतिक चेत, व्यवहार र आचरणयुक्त हुन उनले क्रान्तिकारी संस्कृतिकर्मीलाई आह्वान गरे । क्रान्तिकारीहरूलाई उत्तेजित बनाएर समाप्त पारिदिने पुरानो सत्ताको षड्यन्त्रलाई नेकपाले नयाँ शैलीले चकनाचुर पारिदिएको र प्रतिबन्धबाट खारिएर विजयको शिखरतिर लम्किँदै गएको महासचिव विप्लवको भनाई थियो । सत्ता दमनको प्रतिरोध गर्न र हत्या–संस्कृतिलाई धुजाधुजा पार्न पार्टीको योजना र कार्यक्रमसँगै जनसांस्कृतिक महासङ्घ र यसमा आबद्ध स्रष्टा–संस्कृतिकर्मी–शुभचिन्तकहरूको निरन्तरको आक्रामक आन्दोलन र सिर्जना पनि एउटा महत्वपूर्ण कारण रहेको बताएका थिए । महासचिव विप्लवले प्रतिबन्धकालमा हिरासत र जेल मोर्चा जितेर, आस्था जोगाएर, दुस्मनसँग डटेर सम्मानपूर्वक खुला आकाशमा फर्किएका स्रष्टा, संस्कृतिकर्मी र फासिवादी सत्ताका विरुद्ध निरन्तर सिर्जनात्मक प्रतिरोध गर्ने स्रष्टा–संस्कृतिकर्मीलाई बधाईसमेत दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु