मध्य भोटेकोशीको आईपीओ बिक्री खुला

२०७८ आश्विन २० गते, बुधबार


काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले मध्य भोटेकोशीको आईपीओ आजदेखि बिक्री खुला भएको जनाएको छ । मध्य भोटेकोशीले अंकित मूल्य १ सयका दरले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि खुला गरिएको छ । यस्तै, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सक्नेछन्।
कम्पनीले यसअघि नै आयोजना प्रभावित र जिल्लाबासीका लागि खुलाइएको आइपिओ बाँडफाँट गरिसकेको छ। मध्यभोटेकोशी जलविद्युत् सन् २०१० मा स्थापना भएको कम्पनी हो। यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजना निर्माण गरिरहेको छ। यस कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब छ। यस्तै, सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१.४९ रहने पनि कम्पनीले जानकारी गराएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार