विश्व शिक्षक दिवस मनाँईदै

२०७८ आश्विन १९ गते, मंगलवार

काठमाडौं । आज अक्टोबर ५ अर्थात विश्व शिक्षक दिवस । गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि विश्व शिक्षक दिवस मनाउन थालिएको हो । यो बर्ष ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस मनाइँदैछ । शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आएको छ ।
विश्वभर शिक्षक दिवस मनाईरहँदा नेपालमा भने शिक्षकहरुको नियमति दरबन्दी समेत हुन सकिरहेको छैन । प्राथमिक तहमा झण्डै ८० प्रतिशत दरबन्दी रिक्त रहेको जानकारहरुको भनाई छ ।

प्रतिक्रियाहरु