खेम रिजालको ‘तिमीसित’ ( भिडियोसहित )

२०७८ आश्विन १८ गते, सोमबार

काठमाडौँ । दुई दशक बढी समयदेखि गीत संगीतमा क्रियासिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमिसित’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेम रिजालले नै संगीत भरेका छन् ।
गीतको भिडियोमा चर्चित मोडेल बिना राउतका साथ खेम रिजालले रोमान्स गरेका छन् । यस अगाडि सन् २०१३ मा पनि खेमले रीमा विश्वकर्मसँग एक भिडियो अभिनय गरेका थिए ।
भिडियो सुवोल थापाले निर्देशन गरेका हुन् । नगरकोटका बिभिन्न स्थलमा छायाँकन भएको गीत रिजालको चौथो एल्बमा ‘मन्जुर छ’ मा समावेस छ ।
बिगत १४ वर्षदेखी अमेरिका बस्दै आएका रिजाल त्यही रहेको संगीत संस्था ‘बामा’का वर्तमान अध्यक्ष पनि हुन । पहिले देखिनै धेरै संघ सस्थाको बिभिन्न पदमा रहेर निःस्वर्थ समाजसेवामा सक्रिय उनको साहित्य फाटमा पनि त्यतिकै योगदान रहेको छ । एक महिना नेपाल र भारत बसाईपछि हालै अमेरिका फर्किएका रिजाल साहित्य, गीतसंगीत र समाजसेवा आफ्ना लागि रुचिको बिषय भएको बताउँछन् । उनी भन्छन् ‘यो चिज छोड्न सक्दिन ।’

प्रतिक्रियाहरु