तातोपानी कुण्डमा नुहाउनेको भीड

२०७८ आश्विन १४ गते, बिहीबार


काठमाडौँ । कोरोना संक्रमणमा कमि आएसंगै हालै खुलेको म्याग्दीको तातोपानी कुण्डमा नुहाउनेको भीड लागेको छ । कोरोनाको नेगेटिभ रिपोर्ट देखाएर मात्रै प्रवेश अनुमति दिइने गरेको जिल्ला प्रसासन कार्यालय म्याग्दीले जनाएको छ । हाल दैनिक डेडसय देखि दुई सय जनासम्म उपचारका लागि कुण्डमा जाने गरेका छन् । विरामीहरुलाई आलोपालो गरेर डुब्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभएको छ । विशेषगरी म्याग्दी र छिमेकी जिल्लाका विरामीहरु उपचारका लागि यहाँ आएका छन् । उत्तरबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा रहेको कुण्डमा प्राकृतिक रुपमा ५० डिग्री सेल्सीयसको तातो पानी निस्कने गर्दछ । विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पनि पाइन्छ । यो कुण्डमा डुब्दा नशा, बाथ र छालाजन्य रोग निको हुने विश्वास रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार