१८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने

२०७८ आश्विन ११ गते, सोमबार

काठमाडौं । आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ ।
खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंका विर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह, विरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी र सशष्त्र प्रहरी अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रियाहरु