पूर्व जनमुक्ति सेना ‘कपिल’ नेकपामा प्रवेश

२०७८ आश्विन ७ गते, बिहीबार


काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका १३ निवासी रमेश रोका ‘कपिल’ले नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । कपिलले एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी आन्दोलनका मुल्य, मान्यता र सम्पूर्ण उपलब्धिहरु प्रचण्ड बाबुरामहरुले बेचेर खाएको, क्रान्तिलाई धोका दिएको र संसदीय व्यवस्था सैद्धान्तिक र व्यवहारिक दुबै हिसाबले असफल सिद्ध भइसकेको बताउदै अधुरो क्रान्ति पूरा गर्नको लागि एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्य सहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको जनाएका छन् । विज्ञप्तिमा सम्पूर्ण जनमुक्ति सेना, सच्चा क्रान्तिकारी, देशभक्त तथा प्रगतिशील शक्तिहरुलाई सच्चा कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल समेत गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार